आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पलले म्युजिक भिडियोमा उतारे आफ्नै जेल जीवन

बिहीबार, २८ वैशाख २०८०, १७ : २०
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । नाबालिग बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएका अभिनेता पल शाहले उक्त घटना भिडियोमा पनि उतारेका छन् । ‘तिमीलाई हेर्ने बानी प¥यो’ गीतको म्युजिक भिडियोमा उनले उक्त घटना उतारेका हुन् । 

उनकै अभिनय तथा निर्देशन रहेको भिडियोमा कैदी जीवनदेखि रिहाइसम्मको घटना देखाइएको छ । पल गत फागुन १५ गते जेल जीवनबाट मुक्त भएका थिए ।

अनु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द, संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् ।

पल स्वयंको युट्युब च्यानलमा सार्वजनिक गीतमा पलले हथकडी लगाएकोदेखि उनको रिहाइको कामना गर्दै परिवार, साथीभाइ, विभिन्न धार्मिक समुदायका मानिसहरूले गरेको पूजाआजा र प्रार्थनालाई देखाइएको छ ।

भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी र प्रेमिकाको भूमिकामा सुनिसा भट्टराईको अभिनय छ ।

भिडियो पलले कैदीबन्दीप्रति पनि समर्पित गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप