पलले म्युजिक भिडियोमा उतारे आफ्नै जेल जीवन
काठमाडौँ । नाबालिग बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएका अभिनेता पल शाहले उक्त घटना भिडियोमा पनि उतारेका छन् । ‘तिमीलाई हेर्ने बानी प¥यो’ गीतको म्युजिक भिडियोमा उनले उक्त घटना उतारेका हुन् ।
उनकै अभिनय तथा निर्देशन रहेको भिडियोमा कैदी जीवनदेखि रिहाइसम्मको घटना देखाइएको छ । पल गत फागुन १५ गते जेल जीवनबाट मुक्त भएका थिए ।
अनु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द, संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् ।
पल स्वयंको युट्युब च्यानलमा सार्वजनिक गीतमा पलले हथकडी लगाएकोदेखि उनको रिहाइको कामना गर्दै परिवार, साथीभाइ, विभिन्न धार्मिक समुदायका मानिसहरूले गरेको पूजाआजा र प्रार्थनालाई देखाइएको छ ।
भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी र प्रेमिकाको भूमिकामा सुनिसा भट्टराईको अभिनय छ ।
भिडियो पलले कैदीबन्दीप्रति पनि समर्पित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण