छात्रा आत्महत्या प्रकरण : चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बन
काठमाडौँ । चितवन मेडिकल कलेजका २ जना शिक्षक निलम्बनमा परेका छन् ।
बिडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेपछि कलेजले दुई जना शिक्षकलाई निलम्बन गरेको हो । डा.हरेन्द्र सिंह र डा.अभिषेक गुप्तालाई कलेजले निलम्बन गरेको हो । परीक्षा हलबाट निकालेपछि थापाले आत्महत्या गरेकी थिइन् ।
मृतकका परिवारले सिंह र गुप्ताविरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दायर गरेका छन् । त्यसपछि कलेजले निलम्बन गरेको हो ।
बुधबार दिउँसो परीक्षा दिइरहेकी थापालाई चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए । त्यसपछि कलेज नजिकै रहेको आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
उक्त घटनापछि विद्यार्थीहरूले मेडिकल कलेजको ओपिडी सेवा बन्द गरेका छन् । घटनापछि कलेजले निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको थियो ।
प्रहरीले उक्त घटनाका विषयमा अनुसन्धान थालेको छ । प्रहरीले अनुसन्धान थालेको र शिक्षकलाई निलम्बन गरेपछि विद्यार्थीहरूले ओपीडी सेवा सुचारू गरेका छन् । तर, डेन्टलको ओपीडी सेवा भने बन्द छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण