छात्रा आत्महत्या प्रकरण : चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बन
काठमाडौँ । चितवन मेडिकल कलेजका २ जना शिक्षक निलम्बनमा परेका छन् ।
बिडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेपछि कलेजले दुई जना शिक्षकलाई निलम्बन गरेको हो । डा.हरेन्द्र सिंह र डा.अभिषेक गुप्तालाई कलेजले निलम्बन गरेको हो । परीक्षा हलबाट निकालेपछि थापाले आत्महत्या गरेकी थिइन् ।
मृतकका परिवारले सिंह र गुप्ताविरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दायर गरेका छन् । त्यसपछि कलेजले निलम्बन गरेको हो ।
बुधबार दिउँसो परीक्षा दिइरहेकी थापालाई चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए । त्यसपछि कलेज नजिकै रहेको आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
उक्त घटनापछि विद्यार्थीहरूले मेडिकल कलेजको ओपिडी सेवा बन्द गरेका छन् । घटनापछि कलेजले निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको थियो ।
प्रहरीले उक्त घटनाका विषयमा अनुसन्धान थालेको छ । प्रहरीले अनुसन्धान थालेको र शिक्षकलाई निलम्बन गरेपछि विद्यार्थीहरूले ओपीडी सेवा सुचारू गरेका छन् । तर, डेन्टलको ओपीडी सेवा भने बन्द छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षलाई होच्याएर संसद् चल्न सक्दैन : राजेन्द्र पाण्डे
-
इथियोपियाबाट ल्याएको कोकिन काठमाडौँमा बरामद, तीन जना महिला पक्राउ
-
संसद् बैठक अघि सभामुखले बोलाए प्रमुख सचेतकलाई छलफलमा
-
खगराज भट्टलाई संसदीय दलको नेताभन्दा माथि राख्ने माओवादी संसदीय दलको निर्णय
-
सिराहामा छिमेकीको कोदालो प्रहारबाट एक पुरुषको मृत्यु
-
इजरायली रक्षामन्त्री योभ गालान्टले किन उठाए प्रधानमन्त्री नेतान्याहुमाथि प्रश्न ?