प्रहरी/प्रशासन
प्रहरीका २२ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
शनिबार, ३० वैशाख २०८०, २२ : १०
काठमाडौँ । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समिति बैठकले राति अबेर सिफारिस सुची प्रकाशन गरेको हो ।
डिएसपी गौतम कुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, र गोविन्दराज काफ्ले लगायत छन् ।
बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ । उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण