म पनि भ्रष्टचार गर्दिनँ, गर्ने कसैलाई छोड्दिनँ : प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले भ्रष्टचार गर्ने जोकसैलाई नछाड्ने चेतावनी दिएका छन् ।
शुक्रबार विहान चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा निर्माण हुने ६५० शैय्याको सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टचार नगर्ने र अरु कसैले भ्रष्टचार गरे त्यसलाई पनि नछोड्ने चेतावनी दिएका हुन् ।
‘म र मेरो नेतृत्वको सरकारले भ्रष्टचार गर्दैन, गर्ने कसैलाई छोड्दैन, म भ्रष्टचार सहन्नँ । यदि कसैलाई थकाइ लागे छोडे हुन्छ अर्को आउँछ काम गर्छ । मलाई पनि काम गर्न थकाई लागे वा मन नलागे बाटो छोडिदिन्छु,’ प्रधानमन्त्री ओली सम्बोधन गर्दै भने, ‘अब मुलुकको प्रगति र विकासको बाधक हुने छुट कसैलाई छैन ।’
उनले शिलान्यास भएका योजनाहरु समयमै पुरा हुनेमा विश्वस्त रहेको बताए ।
‘शिलान्यास भएका योजना समयमै सकिनुपर्छ, एउटै पुल ११ पटकसम्म शिलान्यास गर्ने परम्पराको अन्त्य हुन्छ । त्यसका लागि संरचनाहरुलाई गतिशिल बनाइन्छ, अनुगमनमा गएको मान्छेमाथि पुनः अनुगमन भइरहन्छ । ’
प्रधानमन्त्री ओलीले सरकारी अस्पतालभन्दा नीजि अस्पताल राम्रा हुन्छन् भन्ने सोच गलत भइसकेको भन्दै प्रधानमन्त्री ओलीले नीजि अस्पतालमा हुने लापरवाही कस्तो हुन्छ भन्ने हालै देब्रे खुट्टाको अप्रेशन गर्न जाँदा दाहिनेको अप्रेशन भएको घटना स्मरण गरे ।
उनले अस्पतालको नामै नलिई अप्रेशन गर्ने डाक्टरलाई नै के को अप्रेशन गर्दैछु भन्ने थाहा नहुनु बिडम्बना भएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण