जसपाको विधान अधिवेशन प्रतिनिधि बन्न कम्तीमा ५ वर्ष पार्टीमा काम गरेको हुनुपर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले विधान अधिवेशनमा प्रतिनिधि छनौट गर्न पार्टी समिति र संगठनहरुले पालना गर्नुपर्ने नियमहरू बनाएको छ । विभिन्न पार्टी समिति, भ्रातृसंगठन र पेसागत संगठनहरुलाई प्रतिनिधि छान्नका लागि ६ बुँदे नियम पालना गर्नुपर्ने बताइएको छ ।
छनौट हुने प्रतिनिधि कम्तीमा ५ वर्ष निरन्तर पार्टी सदस्य भई कार्य गरेको हुनुपर्ने छ । प्रतिनिधि चयन गर्दा सम्बन्धित पार्टी समिति वा संगठनको बैठकबाट निर्णय गर्नुपर्ने छ ।
भ्रातृसंगठनबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि आफू सम्बद्ध संगठनमा कम्तीमा ५ वर्ष निरन्तर संगठित भई कार्य गरेको र पार्टी सदस्यता प्राप्त गरेको हुनुपर्ने छ । सबै प्रदेश, जिल्ला तथा जनवर्गीय/भ्रातृसंगठन लगायतका समितिले प्रतिनिधि छनौट गरिएको सम्बन्धित समितिको माइन्यूट अर्थात् निर्णयको प्रतिलिपि समेत केन्द्रीय कार्यालयमा ज्येष्ठ २५ गतेसम्म पठाइसक्नुपर्ने छ ।
निर्वाचन वा अन्य समयमा पार्टी अनुशासन उल्लङ्घन गरी पार्टी विरोधी गतिविधिमा संलग्न भएको व्यक्ति विधान अधिवेशन प्रतिनिधि हुन पाउने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण