मतदाताको गुनासो शिरमा राखेर विकासका काममा लाग्छु : पूर्वमन्त्री श्रेष्ठ

बारा । पूर्व श्रममन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले मतदाताहरुको गुनासोलाई शिरमा राखेर विकास निमार्णको काममा लाग्ने बताएका छन् । बाराको जीतपुर सिमरा वडा नं ५ मा आयोजित चौथो बकुलिया भवानीपुर गोल्डकपको फाइनल खेलको उद्घाट्न समारोहमा बोल्दै पूर्वमन्त्री श्रेष्ठले बारा ४ का मतदाताले अनुभूति हुनेगरी, जनताले विश्वास गर्नेगरी विकासको लागि लाग्ने प्रतिवद्धता जनाएका छन् ।
‘बारा ४ नं क्षेत्रको विकासको लागि हरेक तवरले हरेक ठाँउमा पुगेर बजेट माग गर्ने र अहिले हुनसक्ने कामहरु अहिले नै शुरुवात गर्ने काम भएको छ’ संघीय सांसद श्रेष्ठले भने, ‘पथलैयादेखि वीरगञ्ज औद्योगिक करिडोरको अलपत्र सडक,बकुलियाको दुधौरा खोलामा निमार्णधीन पुललाई सम्पन्न गर्ने लगायत धेरै काम हामीले गरिसकेका छौ’ संघीय सांसद श्रेष्ठले केही दिनअघि संसदमा बारा ४ नं क्षेत्रका समस्याको विषयमा जानकारी गराएका थिए ।
उनले बारा–४ कृषिका लागि उर्वर भूमि भएपनि किसानका समस्या अनगिन्ती भएकोले बजेटमै किसानका समस्या समावेश हुनुपर्ने माग गरेका छन् । श्रेष्ठले किसानका मल बीउका समस्या समाधान गरेर विद्युतीय सिञ्चाईलाई प्राथमिकताका साथ राख्न संसदलाई ध्यानाकर्षण गराएका थिए । उनले संसदमा बारा ४ नं क्षेत्रको मात्रै नभएर सिंगो मधेश प्रदेशको विषयमा ध्यानाकर्षण जगाएको बताएका छन् ।
‘संघीय संसदमा तपाईंहरुको आवाज बुलन्द पार्ने काममा म कहिल्यै पनि पछाडी हट्ने छैन, जनप्रतिनिधिको हैसियतले तपाईहरुलाई मधेशवासी हुनमा गर्व हुनेगरी म काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु’ कार्यक्रममा खेलप्रमी तथा सरोकारवाला निकायहरुले पछिल्लो समय स्थानीय तहमा भएका खेल मैदानहरु अतिक्रमणको चपेटामा परेको भन्दै संरक्षणका लागि सहयोग गरिदिन जनप्रतिनिधिहरुलाई अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन सडक अनुगमनमा उपमेयर डङ्गोल : प्राविधिक प्रतिवेदन पेस गर्न निर्देशन
-
'अब इन्भर्टर र मैनबत्तीको दिन आयो' भन्नेहरूलाई प्राधिकरणको जवाफ : त्यो दिन कहिल्यै आउँदैन
-
प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइन : कार्यकारी निर्देशक शाक्य
-
लुम्बिनी प्रदेश सभाको बैठक सुरु, आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल प्रस्ताव
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
राष्ट्र बैंकको सिको गर्दै बीमा प्राधिकरण