४ दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन सरकारी वकिलको निर्देशन
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन छिटो बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई दिर्नेशन दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेले आइतबार ४ दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देश गरेका हुन् ।
‘आज समेत ४ दिनमा फाइल बुझाउन भनेका छौं’ सरकारी वकिल कार्यालयका प्रमुख न्यौपानेले रातोपाटीसँग भने–‘अनुसन्धान प्रतिवेदन आएपछि अभियोजनबारे निर्णय गर्छौं ।’ भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा अहिलेसम्म ४० करोडभन्दा धेरै ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले त्यसबारे अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र सरकारका सचिव टेकनारायण पाण्डेसहित १३ जना हिरासतमा छन् । सरकारी वकिलको निर्देशनअनुसार बुधवार कार्यालय समयभित्र प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण