आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

टर्की : राष्ट्रपति चुनावमा अर्दोआन अगाडि, तर पार्टीको प्रदर्शन खराब

सोमबार, ०१ जेठ २०८०, ०९ : २३
सोमबार, ०१ जेठ २०८०

टर्कीमा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । वर्तमान राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले ४९.४९ प्रतिशत मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कमाल कलचदारलु ४४.७९ प्रतिशत मतका साथ दोस्रो स्थानमा छन् ।

राष्ट्रपतीय निर्वाचनमा अर्दोआनले ४९.४९ प्रतिशत मत प्राप्त गरेको देशको सर्वोच्च निर्वाचन परिषद्ले जनाएको छ । उनका प्रतिद्वन्द्वी कमल कलचदारलु ४४.७९ प्रतिशत मतका साथ दोस्रो स्थानमा छन् ।

निर्वाचन परिषद्का अनुसार राष्ट्रपति निर्वाचनमा ९१.९३ प्रतिशत मत गणना भइसकेको छ ।

तर संसदीय सिटका लागि भएको निर्वाचनमा अर्दोआनको पार्टी एकेपीको प्रदर्शन कमजोर रह्यो । पार्टीले ३५ प्रतिशत मत पाएको छ ।

आधिकारिक समाचार एजेन्सी एएका अनुसार यस निर्वाचनमा परेको ९६ प्रतिशत मत गणना भइसकेको छ ।

संसद्को ६ सय सिटका लागि मतदान भएको थियो । सन् २००२ पछि यो पार्टीको सबैभन्दा खराब प्रदर्शन हो ।

आजको नतिजापछि अर्दोआनको पार्टीले २६७ सिट पाउने अनुमान गरिएको छ ।

यो पछिल्लो पटक हासिल गरिएको सिटभन्दा २८ कम हो । तर अन्य तीन दलसँगको गठबन्धनका कारण अर्दोआनको पार्टीले बहुमतका लागि आवश्यक ५६ सिट प्राप्त गर्न सक्नेछ ।

अर्थात् पार्टीले ३२३ सिट पाउन सक्छ । सन् २०१८ को चुनावमा उनको पार्टीले ३४४ सिट जितेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप