रुसको आन्तरिक संरचनामा हमला गर्ने कुनै सोच छैन : जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आन्तरिक संरचनामा हमला गर्ने आफ्नो कुनै योजना नभएको स्पष्ट पारेका छन् ।
उनले यो बयान जर्मनीमा दिएका हुन् । जर्मनीका चान्सलर ओलाफ शोल्जसँगको कुराकानीमा जेलेन्स्कीले भने, ‘युक्रेनले रुसी जमिनमा हमला गरिरहेको छैन । हामी जवाफी हमलाको तयारी मात्रै गरिरहेका छौँ ताकि आफ्नो जमिनलाई गैर कानुनी जफतबाट मुक्त गराउन सकियोस् ।’
ओलाफले पनि युक्रेनलाई आवश्यक सहयोग गर्ने बताएका छन् । उनले भने, ‘युक्रेनलाई जबसम्म सहयोग चाहिन्छ, तबसम्म जर्मनीले सहयोग गरिरहनेछ ।’
जर्मनीले युक्रेनलाई २.७ अर्ब युरोको नयाँ हतियार दिने बचन दिएको छ । यसमा जर्मनीको अत्याधुनिक लेपर्ड ट्याङ्क र एन्टी एयरक्राफ्ट ट्याङ्क समावेश छन् ।
अघिल्लो वर्ष युद्ध सुरु भएपछि युक्रेनले सबैभन्दा धेरै हतियार पाउन लागेको यो पहिलो पटक भएको जेलेन्स्कीले बताएका छन् ।
सुरुमा जर्मनी युक्रेनलाई हतियार र अन्य सामग्री दिन हिचकिचाएको थियो । तर अब उसले पहिलाको तुलनामा युक्रेनलाई दोब्बर मद्दत गर्न लागेको छ ।
युक्रेनले लगातार आफ्नो आन्तरिक संरचनामा हमला गरिरहेको रुसले आरोप लगाउँदै आएको छ ।
रुसले अघिल्लो हप्ता क्रेमलिनमा ड्रोन हमलाको आरोप लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण