भुटानी शरणार्थीको परिचयपत्र नवीकरण हुन सकेन, सरकारलाई ४ बुँदे ध्यानाकर्षण
_8bhfC7EO2v.jpg)
काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यहरू पक्राउ परिरहँदा खाँटी भुटानी शरणार्थीहरूले भने आफूहरू सबैको परिचयपत्र आठ महिनादेखि नवीकरण हुन नसकेको गुनासो गरेका छन् ।
भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राईले सोमबार जारी गरेको विज्ञप्तिमा यो प्रकरणले नेपालस्थित भुटानी शरणार्थी शिविरमा भुटानीहरू नभएको भुटान सरकारको आरोपलाई बल पुगेको उल्लेख छ । जसका कारण खाँटी भुटानी शरणार्थीलाई गम्भीर असर पुऱ्याएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्टपूर्ण जीवन बिताइरहेका ६,५०० भुटानी शरणार्थीहरू र खाट्टी तर पञ्जीकृत हुन बाँकी भुटानीहरूको हितलाई ध्यानमा राखी नेपाल सरकारलाई ४ बुँदे ध्यानाकर्षण गराइएको छ ।
जसमा शरणार्थी परिचयपत्र नवीकरण गरेको ८ महिनाभन्दा बढी भइसक्दा पनि सबैले नयाँ परिचयपत्र नपाएको उल्लेख छ ।
‘नवीकरण भएको परिचय पत्र वितरणमा चरम ढिलासुस्ती गरिएकोले खाँटी भुटानीहरू परिचयविहीन हुने अवस्था सिर्जना भएको छ । सम्बन्धित निकायको यस्तो कार्यले गैर भुटानीलाई भुटानी र खाँटी भुटानीलाई गैर भुटानी बनाउन सक्ने गम्भीर आशङ्का पैदा गरेको छ’, विज्ञप्तिमा भनिएको छ । तसर्थ नवीकरण भएर पनि रोक्का गरिएको शरणार्थी परिचय पत्र अविलम्ब वितरण गर्न माग गरिएको छ ।
भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि पहल गर्न, निष्पक्ष र स्वतन्त्र आयोग गठन गरी विभिन्न कारणले पञ्जीकरणबाट छुटेका भुटानीहरूलाई शरणार्थीको दर्जा प्रदान गर्न पनि माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण