भुटानी शरणार्थीको परिचयपत्र नवीकरण हुन सकेन, सरकारलाई ४ बुँदे ध्यानाकर्षण
काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यहरू पक्राउ परिरहँदा खाँटी भुटानी शरणार्थीहरूले भने आफूहरू सबैको परिचयपत्र आठ महिनादेखि नवीकरण हुन नसकेको गुनासो गरेका छन् ।
भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राईले सोमबार जारी गरेको विज्ञप्तिमा यो प्रकरणले नेपालस्थित भुटानी शरणार्थी शिविरमा भुटानीहरू नभएको भुटान सरकारको आरोपलाई बल पुगेको उल्लेख छ । जसका कारण खाँटी भुटानी शरणार्थीलाई गम्भीर असर पुऱ्याएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्टपूर्ण जीवन बिताइरहेका ६,५०० भुटानी शरणार्थीहरू र खाट्टी तर पञ्जीकृत हुन बाँकी भुटानीहरूको हितलाई ध्यानमा राखी नेपाल सरकारलाई ४ बुँदे ध्यानाकर्षण गराइएको छ ।
जसमा शरणार्थी परिचयपत्र नवीकरण गरेको ८ महिनाभन्दा बढी भइसक्दा पनि सबैले नयाँ परिचयपत्र नपाएको उल्लेख छ ।
‘नवीकरण भएको परिचय पत्र वितरणमा चरम ढिलासुस्ती गरिएकोले खाँटी भुटानीहरू परिचयविहीन हुने अवस्था सिर्जना भएको छ । सम्बन्धित निकायको यस्तो कार्यले गैर भुटानीलाई भुटानी र खाँटी भुटानीलाई गैर भुटानी बनाउन सक्ने गम्भीर आशङ्का पैदा गरेको छ’, विज्ञप्तिमा भनिएको छ । तसर्थ नवीकरण भएर पनि रोक्का गरिएको शरणार्थी परिचय पत्र अविलम्ब वितरण गर्न माग गरिएको छ ।
भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि पहल गर्न, निष्पक्ष र स्वतन्त्र आयोग गठन गरी विभिन्न कारणले पञ्जीकरणबाट छुटेका भुटानीहरूलाई शरणार्थीको दर्जा प्रदान गर्न पनि माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण