शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

म्याद थपका लागि टोपबहादुरलाई जिल्ला अदालत लगियो, हँसिलो मुद्रामा अभिवादन !

सोमबार, ०१ जेठ २०८०, १४ : ४३
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । आइतबार राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका एमालेका सचिव टोपबहादुर रायमाझीलाई सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।  सोमबार जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि उपस्थित गराइँदा टोपबहादुरको खातमा हतकडी लगाइएको थिएन । कोट पाइन्टमा सजिएका उनले सञ्चारकर्मी र उपस्थित समर्थकलाई अभिवादन गरेका थिए । अदालत परिसरमा टोपबहादुर तनावमुक्त र हसिलो मुद्रामा देखिन्थे । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो।  ११ दिनदेखि फरार उनी आइतबारमात्रै पक्राउ परेपछि प्रहरीले म्याद दिएर अनुसन्धान अघि बढाउन लागेको हो । उनी यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा पक्राउ परेका हुन् । हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।

top-rayamajhi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप