नक्कली भुटानी शरणार्थी प्रकरण
म्याद थपका लागि टोपबहादुरलाई जिल्ला अदालत लगियो, हँसिलो मुद्रामा अभिवादन !
सोमबार, ०१ जेठ २०८०, १४ : ४३
१
काठमाडौँ । आइतबार राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका एमालेका सचिव टोपबहादुर रायमाझीलाई सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । सोमबार जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि उपस्थित गराइँदा टोपबहादुरको खातमा हतकडी लगाइएको थिएन । कोट पाइन्टमा सजिएका उनले सञ्चारकर्मी र उपस्थित समर्थकलाई अभिवादन गरेका थिए । अदालत परिसरमा टोपबहादुर तनावमुक्त र हसिलो मुद्रामा देखिन्थे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो। ११ दिनदेखि फरार उनी आइतबारमात्रै पक्राउ परेपछि प्रहरीले म्याद दिएर अनुसन्धान अघि बढाउन लागेको हो । उनी यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा पक्राउ परेका हुन् । हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण