कृषिमन्त्री भुसाल र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेटघाट
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच बीच शिष्टाचार भेटघाट भएको छ । सोमबार मन्त्री भुसालसँग चिनियाँ राजदूत सोङले मन्त्रालयमै शिष्टचार भेटघाट गरेका हुन् । भेटघाटका क्रममा मन्त्री भुसालले राजदूत सोङसँग चीनले हालका वर्षहरुमा गरेको अभूतपूर्व विकासबाट आफू प्रभावित भएको भन्दै त्यहाँको विकसित प्रविधि, ज्ञान र सीपबाट आगामी दिनमा नेपालको कृषि क्षेत्रमा समेत थप सहयोग हुने आशा राखेको बताए ।
उनले नेपालबाट चीनतर्फ निर्यात गर्न सकिने वस्तुहरुमध्ये चिया र राँगाको सुकुटी चीन निकासी गर्ने वस्तुको सूची (जिएसीसी) मा राख्नका लागि अनुरोध गरेको र यसमा राजदूत सोङको पहलकदमी महत्वपूर्ण रहेको धारणा राखे । सन् २०१९ मा हस्ताक्षर भएको सुन्तला जात फलफूल निर्यात सम्बन्धि प्रोटोकल र २०२२ मा हस्ताक्षर भएको हाइलेस घाँस निर्यातसम्बन्धी प्रोटकलको पनि कार्यान्वयन गर्नुपर्नेमा मन्त्री भुसालले राजदूत सोङको ध्यानाकर्षण गराएका थिए ।
उक्त भेटमा चिनियाँ राजदूत सोङ्ले कृषि र पशुपालनको क्षेत्रमा नेपाललाई सहयोग गर्न चीन सरकार तयार रहेको जवाफ दिएका थिए । सोङले नेपालबाट चीनमा सुन्तला आयत गर्न तयार रहेको बताउँदै कृषि र पशुपालनको कुन क्षेत्रमा नेपाललाई सहयोग चाहिएको हो स्पष्ट खाका पेश गर्न पनि आग्रह गरेका थिए । नेपालबाट उच्च गुणस्तरको पशु आहार लैजान चीन सरकार तयार रहेको र नेपाललाई उच्च नश्लका गाई, भैसी, कुखुरा दिन चीन तयार रहेको राजदूत सोङले प्रतिवद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण