शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

तीन दिन म्याद थपपछि सरकारी वकिलको कार्यालयमा टोपबहादुरको बयान

सोमबार, ०१ जेठ २०८०, १६ : ५४
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । जिल्ला अदालत काठमाडौँबाट ३ दिनको म्याद थप भएसँगै सरकारी वकिलको कार्यालयमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान गराइएको छ।  नक्कली भुटानी शरणार्थी प्ररकणमा आइतबार पक्राउ परेका रायमाझीलाई यो प्रकरणमा सम्बन्धित रहेर बयान गराइएको हो । 

आजै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको थियो । उनको बयान अझै पुरा नभएकाले मंगलबार पनि जारी रहने बताइएको छ । 

खाणको बयानपछि टोपबहादुरसँग बयान लिन थालिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।  नक्क्ली भुटानी शरणार्थी प्रकरणमा आइतबार राजधानीको बूढानीलकण्ठबाट रायमाझी पक्राउ परेका थिए । यससँगै या प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप