युक्रेनमा आक्रमण गर्न रुसले इरानबाट थप ड्रोन किन्ने अमेरिकाको दाबी
अमेरिकाले युक्रेनमा आक्रमण गर्न रुसले इरानबाट थप ड्रोन किन्न लागेको बताएको छ । यसअघि उसले इरानबाट किनेको ४०० ड्रोन प्रयोग गरिसकेको छ ।
बाइडेन सरकारले गत वर्ष स्याटलाइट तस्बिर र गोप्य जानकारी प्रकाशित गरेको थियो । यस अनुसार इरानले रुसलाई हमला गर्न प्रयोग हुने सयौँ ड्रोन बेचेको थियो ।
विगत थुप्रै महिनादेखि अमेरिकी अधिकारीहरूले इरानले रुसलाई सयौँ क्षेप्यास्त्र बेच्ने विचार गरिरहेको बताउँदै आएका छन् । तर, अमेरिकाले यसको प्रमाण फेला पारेको छैन ।
ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष जोन किर्बीले भने, ‘इरानले रुसलाई लगातार एकतर्फी आक्रमण गर्ने युएभीहरू दिइरहेको छ ।’
‘यो आपूर्ति अघिल्लो वर्ष अगस्टदेखि नै जारी छ । इरानले रुसलाई ४०० साहेद युएभी दिएको छ ।’
उनले भने, ‘रुसले यी सबै ड्रोन प्रयोग गरिसकेको छ । यसको प्रयोग युक्रेनका महत्त्वपूर्ण भवन, पुल र सडकजस्ता आधारभूत संरचनामा हमलाका लागि भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण