शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

जीवन जिउने बाटो देखाउन परिवारको साथ चाहिन्छ, बलियो बनाउनुस् सम्बन्ध

मङ्गलबार, ०२ जेठ २०८०, १० : ४७
मङ्गलबार, ०२ जेठ २०८०

अन्तर्राष्ट्रिय परिवार दिवस हरेक वर्ष मे १५ मा मनाइने गरिन्छ । यसको उद्देश्य टाढिँदै गएका परिवारलाई जोड्नु हो । वास्तवमा कुनै पनि समाजको परिकल्पना परिवार बिना अधुरो हुन्छ । परिवारले एक अर्कालाई जोडेर राख्न महत्त्वपूर्ण भूमिका निभाउँछ । परिवार हरेक सुख–दुःखमा साथै रहन्छ । परिवारले नै मानिसलाई जीवन जिउने सही बाटो देखाउँछ । यद्यपि, आजकाल भागदौडयुक्त जीवनमा आफ्नाबाट टाढा बस्दा परिवारको महत्त्व कम भएको छ । समाजमा यस्ता थुप्रै परिवार छन् जसमा आपसी मतभेदका कारण दुरी बढेको छ । यही दुरीलाई कम गर्नका लागि परिवार दिवस मनाइन्छ ताकि युवा पीढीमा परिवारप्रति जागरूकता ल्याउन सकियोस् । इन्टरनेशनल डे अफ फेमिलिजको मौकामा परिवारको जीवनमा के महत्त्व छ र परिवारसँग मजबुत सम्बन्ध किन चाहिन्छ भन्नेबारे जानकारी लिऔँ । 

परिवार दिवस कहिले देखि मनाउन थालियो ?

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् १९९३ मा हरेक वर्ष अन्तर्राष्ट्रिय परिवार दिवस मनाउने घोषणा गरेको थियो । त्यसपछि यो दिवस मनाउनका लागि १५ मे को दिन तोकिएको थियो । त्यसपछि लगातार यो दिवस मनाइँदै छ । यसको उद्देश्य छरिएका परिवारलाई पुनः जोड्नु थियो । 

सुख–दुःखमा परिवारको साथ हुन्छ

परिवारले नै मानिसलाई सही बाटो देखाउँछ । कुनै खालको समस्या हुँदा परिवारकै साथ सहयोग पाइन्छ । एउटा परिवारमा थुप्रै उतार–चढाव आउन सक्छ तर यति बेला तपाईंको समझदारी नै उत्कृष्ट विकल्प हुनेछ किनभने जब कोही साथमा हुँदैन तब परिवार हुन्छ ।

डिप्रेसनमा सुधार हुनेछ

मतभेदका कारण परिवारका सदस्य टाढा हुन्छन् । यस्तोमा जे जति दुःख आइपर्छ त्यो सहँदा सहँदै उनीहरू डिप्रेसनको सिकार हुन्छन् किनभने यहाँ उनीहरूलाई ढाडस दिने कोही हुँदैन । केही खटपट भएता पनि परिवार साथमा हुँदा आपसी संवादले दिमाग शान्त हुन्छ । 

व्यवहारमा सुधार हुनेछ

बच्चा परिवारको साथमा हुँदा आमाबुवाले उनीहरूलाई राम्रो शिक्षादीक्षा दिन्छन् । बच्चाको दुःख हटाउन आफूले सक्दो सहयोग गर्छन् । तर जब यही बच्चा स–सानो कुरामा परिवारबाट टाढा हुन्छन् तब उनीहरूको व्यवहार भिन्न हुने गर्छ । परिवारसँगै बस्दा व्यवहारमा देखिने समस्या निकै कम हुन्छ ।

आत्मविश्वासमा वृद्धि

परिवारका सदस्य सबै सँगै हुँदा सबैको आत्मविश्वास बढ्छ । यस्तोमा बच्चाले आफूलाई सुरक्षित महसुस गर्छन् र घरमा आफूभन्दा ठुला सदस्य हुँदा तनावरहित हुन्छन् । यसका साथै बच्चाले अभिभावकत्व पनि सिक्छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप