जीवन जिउने बाटो देखाउन परिवारको साथ चाहिन्छ, बलियो बनाउनुस् सम्बन्ध
अन्तर्राष्ट्रिय परिवार दिवस हरेक वर्ष मे १५ मा मनाइने गरिन्छ । यसको उद्देश्य टाढिँदै गएका परिवारलाई जोड्नु हो । वास्तवमा कुनै पनि समाजको परिकल्पना परिवार बिना अधुरो हुन्छ । परिवारले एक अर्कालाई जोडेर राख्न महत्त्वपूर्ण भूमिका निभाउँछ । परिवार हरेक सुख–दुःखमा साथै रहन्छ । परिवारले नै मानिसलाई जीवन जिउने सही बाटो देखाउँछ । यद्यपि, आजकाल भागदौडयुक्त जीवनमा आफ्नाबाट टाढा बस्दा परिवारको महत्त्व कम भएको छ । समाजमा यस्ता थुप्रै परिवार छन् जसमा आपसी मतभेदका कारण दुरी बढेको छ । यही दुरीलाई कम गर्नका लागि परिवार दिवस मनाइन्छ ताकि युवा पीढीमा परिवारप्रति जागरूकता ल्याउन सकियोस् । इन्टरनेशनल डे अफ फेमिलिजको मौकामा परिवारको जीवनमा के महत्त्व छ र परिवारसँग मजबुत सम्बन्ध किन चाहिन्छ भन्नेबारे जानकारी लिऔँ ।
परिवार दिवस कहिले देखि मनाउन थालियो ?
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् १९९३ मा हरेक वर्ष अन्तर्राष्ट्रिय परिवार दिवस मनाउने घोषणा गरेको थियो । त्यसपछि यो दिवस मनाउनका लागि १५ मे को दिन तोकिएको थियो । त्यसपछि लगातार यो दिवस मनाइँदै छ । यसको उद्देश्य छरिएका परिवारलाई पुनः जोड्नु थियो ।
सुख–दुःखमा परिवारको साथ हुन्छ
परिवारले नै मानिसलाई सही बाटो देखाउँछ । कुनै खालको समस्या हुँदा परिवारकै साथ सहयोग पाइन्छ । एउटा परिवारमा थुप्रै उतार–चढाव आउन सक्छ तर यति बेला तपाईंको समझदारी नै उत्कृष्ट विकल्प हुनेछ किनभने जब कोही साथमा हुँदैन तब परिवार हुन्छ ।
डिप्रेसनमा सुधार हुनेछ
मतभेदका कारण परिवारका सदस्य टाढा हुन्छन् । यस्तोमा जे जति दुःख आइपर्छ त्यो सहँदा सहँदै उनीहरू डिप्रेसनको सिकार हुन्छन् किनभने यहाँ उनीहरूलाई ढाडस दिने कोही हुँदैन । केही खटपट भएता पनि परिवार साथमा हुँदा आपसी संवादले दिमाग शान्त हुन्छ ।
व्यवहारमा सुधार हुनेछ
बच्चा परिवारको साथमा हुँदा आमाबुवाले उनीहरूलाई राम्रो शिक्षादीक्षा दिन्छन् । बच्चाको दुःख हटाउन आफूले सक्दो सहयोग गर्छन् । तर जब यही बच्चा स–सानो कुरामा परिवारबाट टाढा हुन्छन् तब उनीहरूको व्यवहार भिन्न हुने गर्छ । परिवारसँगै बस्दा व्यवहारमा देखिने समस्या निकै कम हुन्छ ।
आत्मविश्वासमा वृद्धि
परिवारका सदस्य सबै सँगै हुँदा सबैको आत्मविश्वास बढ्छ । यस्तोमा बच्चाले आफूलाई सुरक्षित महसुस गर्छन् र घरमा आफूभन्दा ठुला सदस्य हुँदा तनावरहित हुन्छन् । यसका साथै बच्चाले अभिभावकत्व पनि सिक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण