युक्रेनमाथि रुसको पुनः मिसाइल प्रहार, बढ्यो तनाव
मङ्गलबार, ०२ जेठ २०८०, १२ : १०
युक्रेनको राजधानी किभमा रुसले एक पटक पुनः भारी हवाई हमला गरेको छ । यो महिना यो आठौँ हमला हो । हमलामा तीन जना घाइते भएको खबर छ । सोसल मिडियामा एयर डिफेन्स सिस्टमबाट मिसाइललाई खसालिएको भिडियो देखिएको छ ।
मिसाइलमा हमलाका बेला भग्नावशेष खस्ने डर भएकोले युक्रेन सरकारले मानिसलाई झ्यालबाट टाढै बस्न भनेको छ ।
किभका मेयर विताली किलित्शकोले रकेटका केही भग्नावशेष केन्द्रीय जिल्लामा खसेको बताएका छन् ।
एउटा चिडियाखानामा पनि भग्नावशेष खसेको छ । रुसले जुन हमला गरिरहेको छ त्यसमा ड्रोन र मिसाइल दुवै प्रयोग गरिँदै छ । किभका अधिकारीले यो हमला निकै भीषण भएको बताएका छन् ।
किभको सैन्य प्रशासनका प्रमुख सेरी पोप्कोले छोटो अवधिमा धेरै मिसाइलहरू एकैसाथ प्रयोग भइरहेको बताए ।
उनले किभमा धेरैजसो रुसी आक्रमण असफल भएको पनि जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण