टिकापुर घटना
टिकापुर घटनाका दुई प्रतिवादी सिताराम र गंगारामले पाए सफाइ
लक्ष्मण थारुको कैद सजाय घट्यो
मङ्गलबार, ०२ जेठ २०८०, १७ : ४४

काठमाडौँ । २०७२ सालमा कैलालीको टिकापुरमा भएको हत्याकाण्डमा प्रतिवादीमध्येका दुई जना सिताराम चौधरी र गंगाराम चौधरीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले दुई जनाले सफाइ पाउने फैसला गरेको हो ।
सर्वोच्चले अन्य मुद्दा वा कारणबाट उनीहरुलाई थुनामा राख्न नपर्ने भए थुनामुक्त गर्न सम्बन्धित कारागार शाखा र कैलाली जिल्ला अदालतमा लेखिपठाउन आदेश दिएको छ ।
यस्तै यसअघि उच्च अदालतबाट पाँच वर्ष कैद सजाय भएका लक्ष्मण थारुको हकमा ३ वर्ष कैद हुने अदालतले ठहर गरेको छ । यो प्रकरणमा मुछिएका अन्यको हकमा भने उच्च अदालतको फैसलालाई सर्वोच्चले सदर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम पछि सामान्य बन्दै श्रीनगरको अवस्था, खोलिए विद्यालयहरू
-
खलिदा जिया फर्किएपछि कस्तो छ बंगलादेशको हालत ?
-
स्वकेन्द्रित राष्ट्रवाद, विश्वव्यापी रूपान्तरण र नेपालको भविष्य
-
नवविवाहित युवतीको मृत्यु, हत्या गरिएको माइती पक्षको दाबी
-
‘प्राधिकरणले गर्मीको बेला सूचनाबिना लाइन काट्यो’
-
आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता ‘डेट एक्सपायर’ भए : डाँगी