टिकापुर घटना
टिकापुर घटनाका दुई प्रतिवादी सिताराम र गंगारामले पाए सफाइ
लक्ष्मण थारुको कैद सजाय घट्यो
मङ्गलबार, ०२ जेठ २०८०, १७ : ४४
काठमाडौँ । २०७२ सालमा कैलालीको टिकापुरमा भएको हत्याकाण्डमा प्रतिवादीमध्येका दुई जना सिताराम चौधरी र गंगाराम चौधरीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले दुई जनाले सफाइ पाउने फैसला गरेको हो ।
सर्वोच्चले अन्य मुद्दा वा कारणबाट उनीहरुलाई थुनामा राख्न नपर्ने भए थुनामुक्त गर्न सम्बन्धित कारागार शाखा र कैलाली जिल्ला अदालतमा लेखिपठाउन आदेश दिएको छ ।
यस्तै यसअघि उच्च अदालतबाट पाँच वर्ष कैद सजाय भएका लक्ष्मण थारुको हकमा ३ वर्ष कैद हुने अदालतले ठहर गरेको छ । यो प्रकरणमा मुछिएका अन्यको हकमा भने उच्च अदालतको फैसलालाई सर्वोच्चले सदर गरेको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण