गृह मन्त्रालयले गर्यो ६ जिल्लाका सिडिओ परिवर्तन
काठमाडौँ । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । सहसचिवको दरबन्दी रहने ६ जिल्लाका सिडिओहरूको सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतले बताए ।
हाल सरुवा भएका सिडिओहरूमा धादिङमा बद्रीनाथ गैह्रे, ललितपुरमा रुद्र प्रसाद पण्डित, कास्कीमा वासुदेव घिमिरे, अछाममा शिवराज न्यौपाने, अर्घाखाँचीमा कमल राज ढकाल र गुल्मीमा टेक बहादुर केसी रहेका छन् । सरुवा भएकामध्ये टेक बहादुर केसी यसअघि कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । उनलाई सिडिओबाट पुनः सिडिओमै सरुवा गरिएको हो ।
अन्य सहसचिवहरूको हकमा झक्कप्रसाद आचार्यलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक बनाइएको छ । त्यसै गरी तुलसी बहादुर श्रेष्ठ र जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयले यो नियमित पदस्थापन र सरुवा भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण