शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई पे मार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने

बुधबार, ०३ जेठ २०८०, १५ : ०४
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ। 'आइएमई पे' ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकवर्गलाई छुट दिने भएको छ ।

सो अफर अन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोवारमा रु १०० सम्म १०% छुट पाउने छन् । अफर अन्तरालभर सो छुट ५ पटक सम्म प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकवर्गले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन् । 

यो अफर ज्येष्ठ १ देखि असार ३१ सम्म चल्ने छ। 

आइएमई पे र डिजी मार्ट बिचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको जनाइएको छ। यो अफर थोरै रकममा ग्राहकवर्गलाई धेरै सुविधा प्रदान गर्ने उदेश्यका साथ सुरु गरिएको कम्पनीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप