शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरपालिकामा पूर्ण खोप सुनिश्चित भएको घोषणा

बुधबार, ०३ जेठ २०८०, २० : २५
बुधबार, ०३ जेठ २०८०

बुटवल । बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुधवार आयोजित एक कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उक्त घोषणा गरेका हुन् ।

बालबालिकाहरुले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिशका आधारमा  जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूर्ण खोप सुनिश्चितता भएको प्रमुख पाण्डेयले बताए ।

उनले बुटवलमा कुनैपनि प्रकारका खोपको अभाव हुन नदिन बुटवलले पर्याप्त पूर्वतयारी गर्दै आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गरेको बताए ।

स्वास्थ्य क्षेत्रमा बुटवललाई अगुवा बनाउनका लागि छिटै नै दुईवटा सुविधासम्पन्न अस्पताल सञ्चालनको तयारी अवस्थामा पुगेको जानकारी दिए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बुटवलले खोप दिगोपना सुनिश्चित गर्न हरेक पटक अगाडि नै काम गरेको र सम्पूर्ण सुविधा प्रदान गरेको बताए ।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बुटवलले १६ महिनादेखि २ वर्षसम्मका बालबालिकाहरुले १५ महिनासम्ममा पाउनुपर्ने सम्पूर्ण खोप लगाएको र पूर्ण खोप सुनिश्चित गर्दै आवश्यक मापदण्डहरु पूरा गरेको जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप