इमरान खानका नजिकका व्यक्तिमाथि प्रहरीको कारबाही, पूर्व मन्त्री शिरिन मजारीसहित तीन जना पक्राउ

प्रहरीले पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका नेता तथा इमरान खान सरकारका पूर्व मन्त्री डा. शिरीन मजारीलाई फेरि पक्राउ गरेको छ ।
उनकी छोरी इमान मजारीले प्रहरीले शिरिन मजारीलाई फेरि आफूसँगै लगेको ट्विटर मार्फत जानकारी दिएकी छन् ।
इमान मजारीले यसअघि ट्विट गर्दै इस्लामावाद उच्च अदालतको स्पष्ट आदेशको बाबजुद पनि पञ्जाब पुलिस उनकी आमालाई पक्राउ गर्न उनको घरबाहिर रहेको बताएकी थिइन् ।
इमान मजारीले बीबीसी उर्दूलाई पञ्जाबका पुलिस अधिकारीहरूले इस्लामावादस्थित उनको निवासमा छापा मारेर शिरिन मजारीलाई आफूसँगै लगेको बताइन् ।
उनले इस्लामावादस्थित आफ्नो घरमा छापा मार्नु पञ्जाब प्रहरीको अधिकार क्षेत्र नभएको बताए ।
इमान मजारीले थपिन्, ‘प्रहरीले शिरिन मजारीलाई पक्राउ गरेर लैजाँदै गर्दा उनलाई पन्ध्र दिनसम्म जेलमा राखिने बताइरहेका थिए । ’
इस्लामाबाद उच्च अदालतका न्यायाधीश मियाँ गुल हसन औरंगजेबले इस्लामाबाद पुलिसलाई कुनै पनि मामलामा मे १८ सम्म शिरीन मजारीलाई पक्राउ नगर्न आदेश दिएका थिए ।
यसअघि इमरानको पार्टीका दुई पूर्व विधायकलाई पनि रिहा हुने बित्तिकै पञ्जाब प्रहरीले जेलको गेटबाटै पुनः पक्राउ गरेको थियो ।
बीबीसी उर्दूको जानकारीका अनुसार अली मोहम्मद खान र मलाइका बुखारीको गिरफ्तारीलाई इस्लामावाद उच्च अदालतले गैर कानुनी घोषित गरेको छ । तर, अडियाला जेलबाट निस्किनेबित्तिकै प्रहरीले फेरि पक्राउ गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोका छोराको अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’
-
भारत–पाकिस्तान द्वन्द्वबारे साउदी अरेबियामा ट्रम्पले के भने ?
-
न्युजिल्यान्डका माइक हेसन पाकिस्तानी क्रिकेट टोलीको नयाँ प्रमुख प्रशिक्षक
-
नेतृत्व विकासबारे समाजवादी ट्रेड युनियनका पदाधिकारीलाई तालिम
-
दुग्ध पाउडर प्लान्ट निर्माण भएको २ वर्षसम्म पनि सञ्चालन मोडालिटी टुङ्गिन सकेन
-
युद्धविरामपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध चाले यस्तो कदम