मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रश्नोत्तर जीवन्त भयो, प्रधानमन्त्रीले खँदिलो ढंगले उत्तर दिनुभयो : सांसद सापकोटा

बिहीबार, ०४ जेठ २०८०, १९ : ०५
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर जीवन्त भएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले प्रधानमन्त्रीले सांसदहरुसँग गरेको प्रश्नोत्तर कार्यक्रम जीवन्त भएको टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीले लेखेर ल्याएको कुरालाई मात्रै नराखी आज बिहानसम्मका घटनाक्रमहरुलाई समेटेर खँदिलो ढंगले प्रश्नको उत्तर दिएको उनले बताए । प्रश्नोत्तरलाई नियमित र  प्रभावकारी बनाउनुपर्ने उनको भनाई छ । 

यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई आफूले पहिलो नम्बरमा प्रश्न दर्ता गराएको भएपनि पछाडि पालो दिइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।  

स्वतन्त्र र साना पार्टीहरुलाई बोल्न नदिने गरिएको उनले बताए । कांग्रेस र एमालेका धेरै सांसदहरुले बोल्नु आवश्यक नभएको उनले बताए । 

प्रश्नोत्तर कार्यक्रम अभ्यासको पहिलो चरणमा भएकाले जति हुनुपर्ने त्यति सन्तोषजनक नभएको उनले टिप्पणी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप