आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार दिसाहीन स्थितिमा छ : प्रमुख सचेतक गिरी

बिहीबार, ०४ जेठ २०८०, २० : २५
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुको प्रश्नको जवाफ गम्भिरतको साथ नदिएको बताएका छन् । 

बिहीबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहाल प्रचण्डबाट गम्भीरता र महत्त्वका साथ प्रश्नको जवाफ नआएको बताएका हुन् ।   

प्रश्नोत्तर केवल औपचारिकतामा मात्रै सीमित भएको उनले बताए । मुलुकमा आर्थिक संकट भएपनि समस्याको समाधान गर्ने ठोस योजनाहरुसहितको जवाफ प्रधानमन्त्रीले दिन नसकेको उनको भनाई छ । सरकार कुहिरोको कागजस्तो दिसाहीन अवस्थामा रहेको उनले बताए ।  

प्रमुख सचेतक गिरीले आगामी बजेट रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी आउनुपर्ने बताए ।  

त्यस्तै एमाले सांसद योगेशकुमार भट्टराईले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त नभएको टिप्पणी गरेका छन् । प्रश्न पहिले नै सोध्ने र तयारी साथ उत्तर ल्याएर प्रश्नोत्तर गर्दा जीवन्त नहुने उनको भनाई छ । प्रश्नोत्तर केवल कर्ममाण्डी मात्रै भएको उनले बताए ।   

भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको घटनालाई सामसुम पारिने हो कि भन्ने आशंका आफूलाई उब्जिएको बताए । धेरै प्रश्नहरुमा प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप