बालकृष्ण खाणलाई प्रश्न– मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो ?
काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणले पक्राउ पर्नुअघि नै आफ्नो मोबाइल ‘फ्याक्ट्री रिसेट’ गरेको भेटिएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग कनेक्सन देखिएपछि पक्राउ परेका खाणलाई अनुसन्धान अधिकृतहरूले मोबाइल ‘फ्याक्ट्री रिसेट’ गरेको बारेमा प्रश्न गरेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयमा सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतहरूले खाणलाई प्रश्न गरे–‘तपाईँको मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो ?’ बयानमा खाणले भनेका छन्– ‘फोन गर्दा र उठाउँदा कता थिचियो होला, प्राविधिक कुरा हुनाले मलाई थाहा भएन ।’
खाणले आफू पक्राउ पर्ने संकेत पाएसँगै मोबाइल रिसेट गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । बयानमा खाणले भनेका छन्–‘फोन मेरो हो, प्राविधिक कुरा थाहा छैन ।’ २७ वैशाखमा खाण मैजुबहाल स्थित घरबाट पक्राउ परेका थिए । शरणार्थी प्रकरणमा खाणसहित १६ जना प्रहरीको हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले आरोपीहरूबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण