लिबिया मिसनमा तैनाथ ११५ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
शुक्रबार, ०५ जेठ २०८०, २१ : ०९
_DhAGqZ8aFz.jpg)
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा लिबिया शान्ति मिसनमा खटिएका ११५ जना नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शान्ति स्थापना कार्यको लागि खट्टिने क्रममा बिहीबार लिबिया मिसनमा तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फालाई बदली गर्न स्पेशल गार्ड युनिट (शान्ति सेना) पाँचौं डफ्फाका ११५ जनाको टोली मिसन इलाकातर्फ प्रस्थन गरेको हो ।
सेनानी रामेश्वर कार्कीको नेतृत्वमा नेपाल एयरलाइन्सको विमानमार्फत मिशन ईलाकातर्फ प्रस्थान गरेको हो ।
यस्तै, उक्त मिशनमा तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाका ११५ जना शान्ति सैनिकहरु आज स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा
-
रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...
-
विकल पौडेललगायतविरूद्ध सर्वोच्च पुग्यो अख्तियार
-
‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन
-
आयोगले दुई खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलायो
-
अनेरास्ववियुका नवनिर्वाचित अध्यक्षलाई प्रश्न– तपाईंसँग शिक्षामा सुधार गर्ने कुन क्याप्सुल छ ? (भिडियोसहित)