साउदी अरबको अस्पतालमा २०० नेपाली नर्सलाई रोजगारीको अवसर
काठमाडौँ । साउदी अरबस्थित डा.सुलिमान अल हबिब हस्पिटलले २ सय नेपाली नर्सको माग गरेको छ । नेपालमा भर्खर पढाई सकेर नेपाल नर्सिङ काउन्सिलमा रजिस्ट्रेसन भएका नर्सले यसमा आवेदन दिन सक्नेछन् ।
जसका लागि नेपालबाट मनास्लु इन्टरनेश्नल सर्भिसले काम गरिरहेको छ । ‘नेपालबाट बिना लगानी नर्सहरू साउदी जान सक्नेछन्,’ मनास्लु इन्टरनेश्नल सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठले भने, ‘नेपाली नर्सको विश्वसनियता र क्षमताले गर्दा यति ठूलो संख्यामा माग आएको हो ।’
मनास्लु इन्टरनेश्नल सर्भिसका अनुसार साउदी अरब जान चाहने २१ वर्षदेखि ४० वर्ष उमेर समूहका नर्सहरुले यसका लागि आवेदन दिन सक्नेछन् । जेठ ७ गतेदेखि ११ गते सम्म मनास्लु इन्टरनेश्नल सर्भिसमा पिसिएल, बिएस्सी, बिएन, बिएनस अध्ययन पूरा गरेका, एकेडेमिक सर्टिफिकेट र नर्सिङ लाइसेन्स भएका नर्सले आवेदन दिन सक्नेछन् । साउदी अरब सरकारको मापदण्ड अनुसार साउदी अरेबियामा नर्सको रूपमा काम गर्न योग्य हुन नर्सहरूसँग एक वर्षको क्लिनिकल अनुभव हुनुपर्छ । तर, यसपटक नयाँलाई अवसर प्रदान गर्न खोजिएको जनाइएको छ ।
यस सम्बन्धि थप जानकारी मनास्लु इन्टरनेश्नल सर्भिस (फेसबुक पेज वा सम्पर्क नम्बर ०१४५२५०८१) मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
सन् २०१९ बाट नेपाली नर्सहरू साउदीका विभिन्न अस्पतालमा कार्यरत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण