साउदी अरबको अस्पतालमा २०० नेपाली नर्सलाई रोजगारीको अवसर

काठमाडौँ । साउदी अरबस्थित डा.सुलिमान अल हबिब हस्पिटलले २ सय नेपाली नर्सको माग गरेको छ । नेपालमा भर्खर पढाई सकेर नेपाल नर्सिङ काउन्सिलमा रजिस्ट्रेसन भएका नर्सले यसमा आवेदन दिन सक्नेछन् ।
जसका लागि नेपालबाट मनास्लु इन्टरनेश्नल सर्भिसले काम गरिरहेको छ । ‘नेपालबाट बिना लगानी नर्सहरू साउदी जान सक्नेछन्,’ मनास्लु इन्टरनेश्नल सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठले भने, ‘नेपाली नर्सको विश्वसनियता र क्षमताले गर्दा यति ठूलो संख्यामा माग आएको हो ।’
मनास्लु इन्टरनेश्नल सर्भिसका अनुसार साउदी अरब जान चाहने २१ वर्षदेखि ४० वर्ष उमेर समूहका नर्सहरुले यसका लागि आवेदन दिन सक्नेछन् । जेठ ७ गतेदेखि ११ गते सम्म मनास्लु इन्टरनेश्नल सर्भिसमा पिसिएल, बिएस्सी, बिएन, बिएनस अध्ययन पूरा गरेका, एकेडेमिक सर्टिफिकेट र नर्सिङ लाइसेन्स भएका नर्सले आवेदन दिन सक्नेछन् । साउदी अरब सरकारको मापदण्ड अनुसार साउदी अरेबियामा नर्सको रूपमा काम गर्न योग्य हुन नर्सहरूसँग एक वर्षको क्लिनिकल अनुभव हुनुपर्छ । तर, यसपटक नयाँलाई अवसर प्रदान गर्न खोजिएको जनाइएको छ ।
यस सम्बन्धि थप जानकारी मनास्लु इन्टरनेश्नल सर्भिस (फेसबुक पेज वा सम्पर्क नम्बर ०१४५२५०८१) मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
सन् २०१९ बाट नेपाली नर्सहरू साउदीका विभिन्न अस्पतालमा कार्यरत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली भूभाग सट्टापट्टा गर्न सकिने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार र आपत्तिजनक : थापा
-
पश्चिमी अस्ट्रेलियामा ८०० किलो कोकिन बरामद, तीन जना पक्राउ
-
मे महिनामा चीनको नविकरणीय ऊर्जा सवारी साधन विक्री ८२ प्रतिशतले बढ्यो
-
लगानी र बजार माग बढ्नेमा परिसङ्घको आशङ्का
-
मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो
-
भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ : परराष्ट्रमन्त्री साउद