बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रमले  बजेटलाई सन्देश दिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

शुक्रबार, ०५ जेठ २०८०, १९ : २३
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । स्वास्थ्यमन्त्री मोहन बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्वपक्षीय हिसाबले समेटेर आएको बताएका छन् ।

आज संसदमा राष्ट्रपतिबाट प्रस्तुत आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रमले आगामी बजेटलाई सन्देश दिएको बताए ।

उनले भने, ‘धेरै हदसम्म यसले राम्रो ट्रयाक पक्रिन्छ । अहिले कोभिड र युद्धको कारणले अर्थतन्त्र संकटमा पुगेको छ । यसले सबैतिर समेटेको छ ।’

नीति तथा कार्यक्रम  सही ढंगले कार्यान्वयन भए आशा गर्ने ठाउँ रहेको उनको भनाइ छ । मन्त्री बस्नेतले भने, ‘यसलाई सही ढंगले कार्यान्वयन गर्नपर्छ । यसबाट आशा गर्ने ठाउँ छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप