शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एमाले भ्रष्टाचारीहरुको रक्षामा लागेको छ : पूर्वमन्त्री चौधरी

शुक्रबार, ०५ जेठ २०८०, २० : १८
शुक्रबार, ०५ जेठ २०८०

दाङ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री मेटमणि चौधरीले नेकपा एमाले भुटानी शरणार्थी प्रकरणमा मुछिएका उच्च पदस्थलाई जोगाउने खेलमा उद्यत रहेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको दाङ विशेष भेलालाई सम्बोधन गर्दै चौधरीले नेकपा एमालेका नेतादेखि कार्यकर्ताहरु शरणार्थी प्रकरणको अभियोगमा मुछिएको बताए । उनले एमाले मुलुकमा सुशासनको पक्षमा भन्दा पनि भ्रष्टाचारीहरुको रक्षाका लागि अग्रसर बनिरहेको आरोपसमेत लगाए ।

नेकपा एमाले र नेपाली कांग्रेसको नेता कार्यकर्ताहरुको डिजाइनमा भएको नक्कली शरणार्थी प्रकरणमा धेरै नेपाली पीडित बनेको भन्दै पूर्वमन्त्री चौधरीले वर्तमान सरकारले भ्रष्टाचारीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याएर सुशासनको प्रत्याभूति दिलाउने बताए ।

तर नेकपा एमाले उक्त प्रकरणमा अभियोग लागेकाहरुको बचाउमा गर्न दौडधुप गरिरहेको उनले बताए । 

उनले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी मुलुकको स्वाधिनता र सुशासनको पक्षमा उभिएको पनि दाबी गरे । शरणार्थी प्रकरणमा अघि बढाएको छानबिनका कारण वर्तमान सरकारको साख उँचो बन्दै गइरहेको उनको भनाइ छ ।

पूर्वमन्त्री चौधरीले भ्रष्ट, दलाल र अवसरवादी शक्तिहरुले सरकारलाई कमजोर बनाउने प्रयास गरिरहेको पनि बताए । त्यसकै प्रतिरक्षाका लागि नेकपा एमाले बाहेक कम्युनिस्ट घटकहरु कम्युनिस्ट मोर्चा निर्माण गरी मुलुकको सुशासन र स्वाधीनताको पक्षमा उभिन लागिरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप