नेकपा एमाले भ्रष्टाचारीहरुको रक्षामा लागेको छ : पूर्वमन्त्री चौधरी
दाङ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री मेटमणि चौधरीले नेकपा एमाले भुटानी शरणार्थी प्रकरणमा मुछिएका उच्च पदस्थलाई जोगाउने खेलमा उद्यत रहेको आरोप लगाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको दाङ विशेष भेलालाई सम्बोधन गर्दै चौधरीले नेकपा एमालेका नेतादेखि कार्यकर्ताहरु शरणार्थी प्रकरणको अभियोगमा मुछिएको बताए । उनले एमाले मुलुकमा सुशासनको पक्षमा भन्दा पनि भ्रष्टाचारीहरुको रक्षाका लागि अग्रसर बनिरहेको आरोपसमेत लगाए ।
नेकपा एमाले र नेपाली कांग्रेसको नेता कार्यकर्ताहरुको डिजाइनमा भएको नक्कली शरणार्थी प्रकरणमा धेरै नेपाली पीडित बनेको भन्दै पूर्वमन्त्री चौधरीले वर्तमान सरकारले भ्रष्टाचारीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याएर सुशासनको प्रत्याभूति दिलाउने बताए ।
तर नेकपा एमाले उक्त प्रकरणमा अभियोग लागेकाहरुको बचाउमा गर्न दौडधुप गरिरहेको उनले बताए ।
उनले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी मुलुकको स्वाधिनता र सुशासनको पक्षमा उभिएको पनि दाबी गरे । शरणार्थी प्रकरणमा अघि बढाएको छानबिनका कारण वर्तमान सरकारको साख उँचो बन्दै गइरहेको उनको भनाइ छ ।
पूर्वमन्त्री चौधरीले भ्रष्ट, दलाल र अवसरवादी शक्तिहरुले सरकारलाई कमजोर बनाउने प्रयास गरिरहेको पनि बताए । त्यसकै प्रतिरक्षाका लागि नेकपा एमाले बाहेक कम्युनिस्ट घटकहरु कम्युनिस्ट मोर्चा निर्माण गरी मुलुकको सुशासन र स्वाधीनताको पक्षमा उभिन लागिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण