नोटबन्दीपछि भारतले जारी गरेको थियो २००० दरको नोट
नयाँ दिल्ली । नोभेम्बर २०१६ को राति एकाएक भारत सरकारलेले ५०० र एक हजार दरका नोटमा बन्देज लगाएको थियो । भाजपा नेतृत्वको नरेन्द्र मोदी सरकारले एकाएक नोटबन्दीको निर्णय लिएपछि भारतमा हल्लीखल्ली मच्चिएको थियो ।
कालोधन नियन्त्रणका लागि भन्दै नोटबन्दी गरिएपछि भारत सरकारले गुलाबी रंगका २ हजार दरको नोट जारी गरेको थियो । ८ नोभेम्बरको राति प्रधानमन्त्री मोदीले नोटबन्दीको घोषणा गरेका थिए । उनले त्यतिबेला घोषणा गर्दै राति नै १२ बजेदेखि ५०० र हजार दरका नोटबन्दी हुने बताएका थिए । यसपछि भारतीय रिजर्व बैंकले २ हजार र पाँच सय रुपैयाँको नयाँ नोट जारी गरेको थियो ।
हालैका वर्षमा ५०० का नोट निकै प्रचलनमा रहेको छ । तर, एटीएमदेखि बैंकसम्म २ हजार दरका नोटको प्रचलन खासै नहुने भन्दै सवालहरु उठिरहेका थिए । यही क्रममा सन् २०२१मा तत्कालीन वित्तराज्यमन्त्री अनुराग ठाकुरले केन्द्रीय बैंकले २०१९ ०२० मा २ हजार दरको नयाँ नोट नछापेको बताएका थिए ।
२ हजार दरका नोटको विषयमा सवाल उठिरहँदा शुक्रबार भारत सरकारले २००० हजार दरका नोट नै अब प्रचलनमा नआउने घोषणा गरेको हो । जुन नोट सटहीका लागि सेप्टेम्बर ३० सम्मको समय दिइएको छ । त्यसपछि सो नोटको भविष्य के हुने भन्नेबारे स्पष्ट पारिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण