बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नोटबन्दीपछि भारतले जारी गरेको थियो २००० दरको नोट

शुक्रबार, ०५ जेठ २०८०, २२ : २६
शुक्रबार, ०५ जेठ २०८०

नयाँ दिल्ली । नोभेम्बर २०१६ को राति एकाएक भारत सरकारलेले ५०० र एक  हजार दरका नोटमा बन्देज लगाएको थियो । भाजपा नेतृत्वको नरेन्द्र मोदी सरकारले एकाएक नोटबन्दीको निर्णय लिएपछि भारतमा हल्लीखल्ली मच्चिएको थियो । 

कालोधन नियन्त्रणका लागि भन्दै नोटबन्दी गरिएपछि भारत सरकारले गुलाबी रंगका २ हजार दरको नोट जारी गरेको थियो ।  ८ नोभेम्बरको राति प्रधानमन्त्री मोदीले नोटबन्दीको घोषणा गरेका थिए  । उनले त्यतिबेला घोषणा गर्दै राति नै १२ बजेदेखि ५०० र हजार दरका नोटबन्दी हुने बताएका थिए । यसपछि भारतीय रिजर्व बैंकले २ हजार र पाँच सय रुपैयाँको नयाँ नोट जारी गरेको थियो । 

हालैका वर्षमा ५०० का नोट निकै प्रचलनमा रहेको छ । तर, एटीएमदेखि बैंकसम्म २ हजार दरका नोटको प्रचलन खासै नहुने भन्दै सवालहरु उठिरहेका थिए ।  यही क्रममा सन् २०२१मा तत्कालीन वित्तराज्यमन्त्री अनुराग ठाकुरले केन्द्रीय बैंकले २०१९ ०२० मा २ हजार दरको नयाँ नोट नछापेको बताएका थिए । 

२ हजार दरका नोटको विषयमा सवाल उठिरहँदा शुक्रबार भारत सरकारले २००० हजार दरका नोट नै  अब प्रचलनमा नआउने घोषणा गरेको हो ।  जुन नोट सटहीका लागि सेप्टेम्बर ३० सम्मको समय दिइएको छ ।  त्यसपछि सो नोटको भविष्य के हुने भन्नेबारे स्पष्ट पारिएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप