नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयनमा चेम्बरको जोड
काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परिणाममुखी हुने चेम्बर अफ कमर्सले विश्वास लिएको छ । मुलुकको आन्तरिक अर्थतन्त्र जोखिमकै अवस्थामा रहेका बेला चेम्बरले नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयनमा जोड दिएको हो ।
नीति तथा कार्यक्रममा समावेश गरिएका विषयलाई बजेट मार्फत संशोधन गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालको आर्थिक मन्दी र लगानीमा देखिएको सङ्कुचनलाई नीति तथा कार्यक्रमले पर्याप्त मात्रमा समावेश गर्न सकेको छैन । आर्थिक स्थायित्व कायम गर्ने गरी आगामी बजेट आउन आवश्यक छ ।’
नीति तथा कार्यक्रमले आंशिक रूपमा भए पनि निजी क्षेत्रको माग भने संशोधन गरेको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘निजी क्षेत्रले उठाएका केही माग सम्बोधन भएका छन् । उत्पादनमुखी कार्यक्रम, औद्योगिक विकास र सार्वजनिक निजी साझेदारी अवधारणलाई प्रभावकारी बनाउने गरी नीति कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ ।’
नीति तथा कार्यक्रममा महत्त्वाकाङ्क्षी योजनाहरू घोषणा हुने तर कार्यान्वयनको पाटो फितलो हुने समस्याप्रति पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । कमजोर धरातलमा आएको नीति तथा कार्यक्रम सकारात्मक भएता पनि सीमित श्रोत र साधनका कारण कार्यान्वयनको पाटो जोखिममै रहेको चेम्बरको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण