भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
भक्तपुर । सूर्यविनायक नगरपालिका-८ आदर्श बागमती क्लब बस्ने ३६ वर्षीय काल बहादुर पाख्रीनले आफ्नै घरमा सञ्चालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा पाख्रीनसमेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी चाँगुनारायण नगरपालिका-६ नगरकोट फेदीस्थित सोही नगरपालिका-२ ब्यासी बस्ने २९ वर्षीय बलराम सुवालको अनुग्रह गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सुवालसमेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार १ सय ३० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण