बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

असाध्यै सङ्क्रामक मम्प्स वा हाँडे के हो ? यसको कारण, लक्षण र बच्ने उपाय के ?

आइतबार, ०७ जेठ २०८०, १२ : १७
आइतबार, ०७ जेठ २०८०

मम्प्स (हाँडे) के हो ?

हाँडे वा मम्प्स एक सङ्क्रामक रोग हो जुन भाइरसका कारण हुने गर्छ । यो एक व्यक्तिबाट दोस्रो व्यक्तिमा र्‍यालमार्फत् फैलिने गर्छ । यसले मुख्य रूपमा पेरोटिङ ग्रन्थि प्रभावित हुन्छ । यो ग्रन्थिले र्‍याल बनाउँछ । ग्रन्थीका तीन समूह हुन्छन् जुन मुखका तीनतिरको कुनाका पछाडि र मुनी हुन्छन् । वयस्कमा लक्षण धेरैजसो बालबालिकाको तुलनामा बढी गम्भीर हुन्छ । लगभग एक तिहाइ मानिसमा यो रोगको कुनै लक्षण देखिँदैन । खासमा मम्प्स कुनै गम्भीर रोग होइन तर योसँग सम्बन्धित केही जटिलता छ जसमा स्थायी बहिरोपन, अण्डकोष सुन्निने इत्यादि समस्या हुन्छन् । कोही महिलामा अण्डाशय सुन्निने हुन्छ । तर यसले बाँझोपनको खतरा भने निम्त्याउँदैन ।

के मम्प्स एक साधारण रोग हो ?

खोप नलगाएका कारण प्रति वर्ष ०.१ प्रतिशतदेखि एक प्रतिशत जनसङ्ख्या मम्प्सद्वारा प्रभावित हुन्छ । खोपका कारण यो रोगमा ९० प्रतिशतसम्म गिरावट आएको छ । यद्यपि, निकै कम खोप लगाइने विकासशील देशमा मम्प्सलाई सामान्य रोग मानिन्छ । रोगको कारणलाई नियन्त्रित गरेर यसको रोकथाम गर्न सकिन्छ । थप जानकारीका लागि डाक्टरसँग सल्लाह लिनुहोस् ।

मम्प्सका लक्षण के हुन् ?

मम्प्सको लक्षण साधरणतया भाइरसको सम्पर्कमा आएको दुई हप्ता भित्र देखिन थाल्छ । फ्लु जस्ता लक्षण सबैभन्दा पहिला देखिन्छ र अन्य लक्षण यस्ता हुन्छन् –

– थकान

– शरीर दुख्ने

– टाउको दुख्ने

– भोकमा कमी

– हल्का ज्वरो

यस्तै, केही समयपछि धेरै ज्वरो आउने र र्‍याल ग्रन्थि सुन्निन पनि थाल्छन् । ग्रन्थि एकै पटक नसुन्निएर क्रमसै सुन्निने र दुख्ने पनि हुनसक्छ ।

डाक्टरलाई कहिले देखाउने ?

यदि माथि बताइएका कुनै पनि लक्षण देखिए, डाक्टरलाई सम्पर्क गर्नुहोस् । यसबाहेक तपाईंका जे जति प्रश्न छन्, डाक्टरलाई सोध्नुहोस् ।

मम्प्सको कारण के हो ?

मम्प्स एउटा यस्तो रोग हो जो जिनस रुबेला भाइरसका कारण हुने गर्छ । एक व्यक्तिबाट अर्को व्यक्तिको सम्पर्कमा आउँदा यो सङ्क्रमण फैलिन्छ । जब एक सङ्क्रमित व्यक्ति खोक्छ वा हाच्छिउँ गर्छ तब छिट्टा हावामा फैलिन्छ र कुनै अन्य व्यक्तिको आँखा, नाक वा मुखमा प्रवेश गर्न सक्छ । यसले दोस्रो व्यक्ति पनि सङ्क्रमित हुने गर्छन् । भाइरसद्वारा प्रभावित बिरामीमा पेरोटिङ ग्रन्थि सुन्निन सुरु भएको ७ दिन अघि र ७ दिन पछिसम्म सङ्क्रमण फैलाउन सक्छ ।

मम्प्सको उपचार कसरी गरिन्छ ?

मम्प्स भाइरसका कारण लाग्ने भएकोले यो रोगमा एन्टिबायोटिक वा अन्य औषधीको खासै केही असर देखिँदैन । यद्यपि, रोगका केही लक्षणमा केही आराम भने पाउन सक्नुहुन्छ ।

– तपाईंलाई कमजोरी वा थकान महसुस भयो भने आराम गर्नुहोस् ।

– ज्वरो कम गर्नका लागि एसिटामिनोफेन र इब्रुप्रोफेनजस्ता पेनकिलर औषधी खानुहोस् ।

– आइस प्याकले सेक्दा ग्रन्थिको सुजन कम गर्न सकिन्छ ।

– ज्वरोका कारण डिहाइड्रेसनबाट बच्नका लागि तरल पदार्थको सेवन गर्नुहोस् ।

– सुप, दही वा अन्य चपाउन नरम हुने आहारको सेवन गर्नुहोस् । 

– एसिडिक फुड वा पेय पदार्थको सेवन नगर्नुहोस् किनभने यसले र्‍याल ग्रन्थिमा थप पीडा निम्त्याउँछ ।

घरेलु उपचार

– अदुवाको पाउडरलाई पानीमा मिसाएर सुन्निएको स्थानमा लगाउनुहोस् । यसले सुन्निएको स्थानमा राहत मिल्नेछ ।

– घिउकुमारी मम्प्सका लागि निकै राम्रो घरेलु उपचार हो । घिउकुमारीको भित्री भागलाई निकाल्नुहोस् र त्यसपछि यसलाई प्रभावित स्थानमा लगाउनुहोस् । 

– तातो वा चिसो पदार्थले सेक्दा पनि सुन्निएको स्थानमा राहत मिल्छ ।

– मम्प्सको समस्या हुँदा डाक्टरबाट मुख कसरी सफा गर्ने र के–कस्ता कुरामा ध्यान दिने भन्नेबारे जानकारी लिनुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप