एमालेको उद्योग विभाग उपप्रमुखमा अझै दुर्गा प्रसाई
आइतबार, ०७ जेठ २०८०, १५ : ५४
काठमाडौँ । नेकपा एमालेको मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखमा कायमै राखेको पाइएको छ । तीन महिनाअघि पार्टीको साधारण सदस्य नरहने निष्कासनमा परेका प्रसाई अहिले पनि उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखको जिम्मेवारीमै छन् ।
एमाले केन्द्रीय सदस्य मोती दुगड प्रमुख रहेको उक्त विभागको वेबसाइटमा उपप्रमुख भनेर फोटोसहित प्रसाईको नाम राखिएको छ । तर एमालेले गत फागुन १३ मै प्रसाईंलाई साधारण सदस्यसमेत नरहनेगरि पार्टीबाट निष्कासन गरेको थियो । पार्टीको कोशी प्रदेश कमिटीले कारबाहीका लागि सिफारिस गरेपछि फागुन ७ मै प्रसाईले एमाले परित्याग गरेको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण