शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

२९ वर्षकी चर्चित बङ्गाली अभिनेत्रीको सडक दुर्घटनामा निधन

सोमबार, ०८ जेठ २०८०, १० : ००
सोमबार, ०८ जेठ २०८०

बङ्गाली टिभी उद्योगकी चर्चित अभिनेत्री सुचन्द्रा दासगुप्ताको निधन भएको छ । अभिनेत्री सुचन्द्राको सडक दुर्घटनामा निधन भएको हो । 

जानकारीका अनुसार सुचन्द्रा शनिवार राती सुटिङबाट घर फर्किरहेकी थिइन् । उनले घर फर्किन एपमार्फत मोटरसाइकल बोलाएकी थिइन् । प्रहरीका अनुसार घर फर्कने क्रममा साइकल चढेका एक व्यक्तिले अचानक बाटा काटेका कारण मोटरसाइकल चालकले अचानक ब्रेक लगाए । सो समयमा मोटरसाइकललाई पछाडिबाट लरीले ठक्कर दियो । 

प्रहरीले जानकारी दिए अनुसार ठक्करका कारण २९ वर्षीय नायिका सुचन्द्रा मोटरसाइकलबाट खसिन् र उनलाई पछाडिबाट आइरहेको ट्रकले किचिदियो जसका कारण नायिकाको  घटनास्थलमा नै मृत्यु भयो । 

घटना भएको केही समय पछि बारानगर प्रहरी घटनास्थल पुग्यो । प्रहरीले ट्रक जफत गरेको छ र चालकलाई पनि आफ्नो नियन्त्रणमा लिएको छ । 

को थिइन् सुचन्द्रा दासगुप्ता ?

सुचन्द्रा दास गुप्ता बङ्गाली टिभी उद्योगकी चर्चित नायिकामध्ये एक थिइन् । उनले थुप्रै चर्चित बङ्गाली टेलिभिजन शोमा काम गरेकी थिइन् । ‘गौरी’ मा सहायक भूमिका निर्वाह गरेर उनले धेरै चर्चा बटुलेकी थिइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप