२९ वर्षकी चर्चित बङ्गाली अभिनेत्रीको सडक दुर्घटनामा निधन
बङ्गाली टिभी उद्योगकी चर्चित अभिनेत्री सुचन्द्रा दासगुप्ताको निधन भएको छ । अभिनेत्री सुचन्द्राको सडक दुर्घटनामा निधन भएको हो ।
जानकारीका अनुसार सुचन्द्रा शनिवार राती सुटिङबाट घर फर्किरहेकी थिइन् । उनले घर फर्किन एपमार्फत मोटरसाइकल बोलाएकी थिइन् । प्रहरीका अनुसार घर फर्कने क्रममा साइकल चढेका एक व्यक्तिले अचानक बाटा काटेका कारण मोटरसाइकल चालकले अचानक ब्रेक लगाए । सो समयमा मोटरसाइकललाई पछाडिबाट लरीले ठक्कर दियो ।
प्रहरीले जानकारी दिए अनुसार ठक्करका कारण २९ वर्षीय नायिका सुचन्द्रा मोटरसाइकलबाट खसिन् र उनलाई पछाडिबाट आइरहेको ट्रकले किचिदियो जसका कारण नायिकाको घटनास्थलमा नै मृत्यु भयो ।
घटना भएको केही समय पछि बारानगर प्रहरी घटनास्थल पुग्यो । प्रहरीले ट्रक जफत गरेको छ र चालकलाई पनि आफ्नो नियन्त्रणमा लिएको छ ।
को थिइन् सुचन्द्रा दासगुप्ता ?
सुचन्द्रा दास गुप्ता बङ्गाली टिभी उद्योगकी चर्चित नायिकामध्ये एक थिइन् । उनले थुप्रै चर्चित बङ्गाली टेलिभिजन शोमा काम गरेकी थिइन् । ‘गौरी’ मा सहायक भूमिका निर्वाह गरेर उनले धेरै चर्चा बटुलेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण