इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य रोक्न प्रदीप पौडेलको माग
काठमाडौं। प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै रोक्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको उनको भनाइ छ ।
पौडेलले शून्य समयमा राखेको धारणा जस्ताको जस्तैः
हरेक व्यक्ति प्रविधिसँग जोडिन चाहन्छ । राज्यले सबै क्षेत्रलाई प्रविधिकरण गर्ने राष्ट्रिय अभियानजस्तै सुरु गरेको छ । प्रविधिकरणका लागि इन्टरनेट अनिवार्य हुन्छ । अहिले उपलब्ध सेवामा गुणस्तरीयता, गति, क्षमता, निरन्तरता केही पनि छैन । सेवा अवरुद्ध हुँदा अवधि बराबरको सेवा प्रदान गर्ने वा अबरुद्ध अवधिको शुल्क नलाग्ने शर्त समेत पालना गरिएको छैन । इन्टरनेट सेवा उपलब्ध गराउन प्रतिस्पर्धा गरिरहेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्नो सेवाको गुणस्तर वृद्धि गर्नुभन्दा रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन् भन्ने सुन्नमा आएको छ । तसर्थ इन्टरनेट कम्पनीहरूले बढाउने अनुचित मूल्यलाई तत्काल रोक्न उनीहरूलाई स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण बनाउन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण