विकासको भाष्यमा नेकपा एमालेले तीन मुख्य काम गरेको भट्टराईको दाबी
काठमाडौँ । नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले विकासको मामलामा आफ्नो पार्टीले मुख्य तीन काम गरेको दाबी गरेका छन् ।
सोमबार सङ्घीय संसद्मा जारी नीति तथा कार्यक्रममाथिको दोस्रो दिनको छलफलमा बोल्दै सांसद भट्टराईले भने, ‘विकासको भाष्यमा नेकपा एमालेले मुख्य तीन काम गरेको छ । पहिलो नम्बर विकास निर्माण काम केन्द्रबाट हुँदैन व्यापक जनसहभागिता हुनुपर्छ भन्ने मान्यताका साथ एमालेले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ अवधारणा अघि सार्यो । यसले विकास निर्माणको काममा व्यापक जनसहभागिता भयो र अहिले यसले राम्रो भएको छ ।’
त्यस्तै सामाजिक सुरक्षाका रूपमा वृद्ध भत्ता पनि एमालेले गरेको अर्को मुख्य काम भएको उनले बताए । वृद्ध भत्ताका बारेमा जोड दिँदै नेता भट्टराईले भने, ‘अर्को दोस्रो मुद्दा नेकपा एमालेले सामाजिक सुरक्षाको सुरुवात गर्यो र अहिले वृद्धवृद्धाहरुले भत्ता पाइरहेका छन् सामाजिक सुरक्षामा बाँधिएका छन् । अर्को तेस्रो पक्ष राज्यमाथि एकाधिकार हुनुहुँदैन सबैको समान र समन्यायिक अधिकार र जिम्मेवारी रहन्छ भन्ने भाष्य स्थापित गर्यौ’ भट्टराईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण