अर्याललाई शेर्पाको फोन : कक्षा १० को पाठ्यक्रमबाट डा. रुइतकाे जीवनी किन हटाइयो ?
काठमाडौँ । नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले दुई वटा विषयमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालको ध्यानाकर्षण गरेका छन् ।
सोमबार दिउँसो महानिर्देशक अर्याललाई फोन गरेर नेविसंघले गत चैत २ गते बुझाएको ज्ञापनपत्रमा उल्लेखित माग सम्बोधनबारे सोधेका हुन् ।
नेविसंघले पाठ्यक्रम विकास केन्द्रलाई पाठ्यक्रममा नैतिक शिक्षा लगायत विद्यार्थीहरूलाई आवश्यक जीवनउपयोगी विषयवस्तुहरु समावेश गर्न माग गरेको थियो ।
अध्यक्ष शेर्पाका अनुसार यसै वर्षबाट कक्षा ११–१२ को पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्ने साथै अन्य तहमा समावेश गर्न छलफल भइरहेको अर्यालले जानकारी दिएका छन् ।
यस्तै डा सन्दुक रुइतको जीवनी कक्षा १० को पाठ्यक्रमबाट किन हटाएको भनेर शेर्पाले अर्याललाई प्रश्न गरेका थिए । अर्यालले कक्षा १० को पाठ्यक्रमबाट हटाएको भएता पनि कक्षा ७ र ८ को पाठ्यक्रममा समावेश गरेको जानकारी दिएको शेर्पाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण