आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको नयाँ शाखा बेसीशहरमा

सोमबार, ०८ जेठ २०८०, १६ : २९
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । सानिमा बैंक लिमिटेडले लमजुङको त्रिवेणी टोल, बेसीशहर–७ मा बैंक शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्त रूपमा गरेका हुन् । 

समारोहमा मह जोडीले बैंकको कार्यालय सञ्चालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप