भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुनु खुसीको कुरा हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा घोषणा गरेको राष्ट्रिय खेल भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा उद्घाटन गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना भएको काभा महिला च्यालेन्ज कपको उद्घाटनपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा घोषणा भएको भलिबलको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताएका हुन् ।
भलिबल इतिहासमा पहिलो पटक अहिले सम्मकै सबैभन्दा ठूला प्रतियोगिता आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद्लाई बधाई र सफलताको शुभकामना दिए ।
प्रधानमन्त्री प्रचण्डले विसं २०७४ जेठ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । नेपालको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी र मुलुकभर व्यापक पहुँचका आधारमा भलिबललाई त्यतिबेला राष्ट्रिय खेल बनाउने प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले गरेको थियो ।
यस्तै उद्घाटन कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालमा खेल पूर्वाधार कमजोर भएको अवस्थामा प्रधानमन्त्री जानकार भएको र विकासका लागि चिन्तित भएको भन्दै पूरा गर्न मन्त्रालय र राखेप अग्रसर रहने प्रतिबद्धता जनाए । लिम्बूले खेल जीवन सकेर बाहिर निस्किँदा निराश भन्दा आशावादी हुन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पनि प्रतियोगिताको सफलताको शुभकामना दिए । १४ गतेसम्म आयोजना हुने च्यालेन्ज कपमा नेपालसहित ८ टोलीले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको पहिलो दिन सोमवार नेपालले किर्गिस्तानमाथि ३–० को सेटमा सहज जित निकाल्दै सुखद् सुरुवात गरेको छ भने उज्वेकिस्तान र भारतले पनि सुखद् सुरुवात गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
-
सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
-
शरीरमा आगो लगाएर आत्मदाह प्रयास
-
यस्तो देखियो गण्डकी–लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’
-
डीबी कार्कीसहित नेकपाका ६ नेता एमाले प्रवेश
-
कोटेश्वर–बालकुमारी सडकमा हरायो फुटपाथ, जोखिम मोलेर हिँड्न बाध्य पैदलयात्री (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण