इमरान खान आज पुनः पक्राउ पर्ने सम्भावना, समर्थकलाई शान्त रहन आग्रह
पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष इमरान खान अल–कादिर ट्रस्टको अनुसन्धानका लागि आज इस्लामावादमा एनएबीसमक्ष उपस्थित हुने भएका छन् । उनी आफ्नी श्रीमती बुशरा बीबीसँग लाहौरबाट प्रस्थान भइसकेका छन् ।
यस मामिलामा इमरान खान फेरि पक्राउ पर्ने आशङ्का छ । इमरान खानले आफ्ना समर्थकहरूलाई पक्राउ परेमा शान्ति कायम राख्न आग्रह गरेका छन् ।
बीबीसी संवाददाता तारब असगरका अनुसार इमरान खानसँग पार्टीका कुनै नेता वा कार्यकर्ता छैनन् ।
हिजो इमरान खानले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफू र आफ्नी श्रीमतीलाई इस्लामाबादमा गिरफ्तार हुने डर लागेको बताएका थिए ।
यसैबीच, इमरानले अदियाला जेल बाहिर पार्टी नेतृ शिरीन मजारीको पुनः गिरफ्तारीको निन्दा गरे ।
ट्विट गर्दै उनले भने, ‘यो सुशासनले उँधो गति लिइरहेको छ । उनको स्वास्थ्य अवस्था नाजुक रहेको र अदालतले धरौटीमा रिहा भए पनि उनी फेरि पक्राउ परेका हुन् । यो उनको हिम्मत तोड्ने प्रयास हो ।’
उनले लेखे, ‘शिरिन मजारी टुट्ने छैनन् किनभने उनी मेरो जीवनमा भेटेको सबैभन्दा साहसी व्यक्ति हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण