इमरान खान आज पुनः पक्राउ पर्ने सम्भावना, समर्थकलाई शान्त रहन आग्रह

पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष इमरान खान अल–कादिर ट्रस्टको अनुसन्धानका लागि आज इस्लामावादमा एनएबीसमक्ष उपस्थित हुने भएका छन् । उनी आफ्नी श्रीमती बुशरा बीबीसँग लाहौरबाट प्रस्थान भइसकेका छन् ।
यस मामिलामा इमरान खान फेरि पक्राउ पर्ने आशङ्का छ । इमरान खानले आफ्ना समर्थकहरूलाई पक्राउ परेमा शान्ति कायम राख्न आग्रह गरेका छन् ।
बीबीसी संवाददाता तारब असगरका अनुसार इमरान खानसँग पार्टीका कुनै नेता वा कार्यकर्ता छैनन् ।
हिजो इमरान खानले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफू र आफ्नी श्रीमतीलाई इस्लामाबादमा गिरफ्तार हुने डर लागेको बताएका थिए ।
यसैबीच, इमरानले अदियाला जेल बाहिर पार्टी नेतृ शिरीन मजारीको पुनः गिरफ्तारीको निन्दा गरे ।
ट्विट गर्दै उनले भने, ‘यो सुशासनले उँधो गति लिइरहेको छ । उनको स्वास्थ्य अवस्था नाजुक रहेको र अदालतले धरौटीमा रिहा भए पनि उनी फेरि पक्राउ परेका हुन् । यो उनको हिम्मत तोड्ने प्रयास हो ।’
उनले लेखे, ‘शिरिन मजारी टुट्ने छैनन् किनभने उनी मेरो जीवनमा भेटेको सबैभन्दा साहसी व्यक्ति हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
-
महिला टी–२० विश्वकप छनोट : नेपालले हङ्कङलाई दियो ३० रनको लक्ष्य
-
रवीन्द्र मिश्रलगायतको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन
-
समाजवादी महिला संघ नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित
-
फ्रिजमा राख्नै हुन्न यी खानेकुरा
-
किन राजीनामा दिन बाध्य भइन् जनमतकी सांसद गुरुङ ?