चलचित्र 'हल्कारा'को चिठ्ठी लेखन प्रतियोगिताको विजेता घोषणा
काठमाडौँ। वैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र 'हल्कारा'ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन विजेता घोषणा भएका छन् ।
प्रतियोगितामा भाग लिएकामध्ये मापदण्डमा परेका मध्येबाट तीन जना विजेता छानिएका हुन् । जसमा प्रथम पुरस्कार अन्नपूर्ण गाउँपालिका-०१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँ बानेश्वर, काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका-०६, मकवानपुरका बासुदेव अर्यालले प्राप्त गरेका छन् ।
चलचित्र टिमले विजेताहरुलाई सम्पर्क गरी पुरस्कार रकम प्रदान गर्ने बताएको छ । यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भईसकेका, आफूले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफूले सधैँ सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो । पत्र पठाउँदा नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्ने बताइएको थियो । सोही अनुरुप नेपालभरबाट पत्रहरू प्राप्त भएका थिए ।
यो प्रतियोगिताका विजेता वैशाख २७ गते घोषणा हुने भनिएता पनि केहि प्राविधिक जटिलताका कारण मंगलबार नतिजा प्रकाशन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण