स्ववियु कोषको पैसा हिनामिना गरेको भन्दै महाराजगन्ज नर्सिङ क्याम्पसविरुद्ध अख्तियारमा उजुरी
मङ्गलबार, ०९ जेठ २०८०, ११ : ५९
काठमाडौँ । स्ववियु कोषको पैसा हिनामिना गरेको भन्दै महाराजगन्ज नर्सिङ क्याम्पस विरुद्ध अख्तियारमा उजुरी परेको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक कुमार बडालले क्याम्पस प्रमुख प्रा. मुना रानाले २०७५ सालदेखि कोषमा रहेको ११ लाख ७४ हजार रुपैयाँ हिनामिना गरेको भन्दै उनीमाथि कारबाहीको माग गरेका हुन्।
अख्तियारमा दर्ता गरिएको उजुरीमा स्ववियु कोषको पैसा र पाठ्यक्रम विकास कोषको पैसा हिनामिना गरेको भन्दै उनीमाथि छानबिन गर्न माग गरिएको छ।
यस विषयमा चिकित्सा शास्त्र अध्ययन संस्थानले समेत छानबिन गरेको थियो। छानबिनको क्रममा उक्त पैसा दराजको घर्रामा राखेको र उक्त पैसा कोषको खातामा जम्मा गरिसकिएको प्रतिवेदन पेस गरेको थियो। अनेरास्ववियुले डीनको कार्यालयले समेत उनीमाथि कारबाही गर्नुको साटो प्रशय दिने गरी प्रतिवेदन पेस गरेको आरोप लगाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण