अर्को वर्ष आईपीएल खेल्ने बारे के भन्छन् धोनी ?
चेन्नई । गुजरात टाइटन्सलाई हराउँदै चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । चेन्नई फाइनलमा पुगेसँगै कप्तान महेन्द्र सिंह धोनीको भविष्यबारे विभिन्न अड्कलबाजी सुरु भएको छ ।
मंगलबार राति चेपाक मैदान पुरै पहेँलो रंगले भरिएको थियो । पटक–पटक स्टेडियममा ‘धोनी–धोनी’ को नाम गुञ्जिएको थियो । अब टोलीलाई फाइनलमा पुर्याएपछि धोनीले सन्यास लिने आकलन गरिएको छ ।
कमेन्टेटर हर्ष भोगललेले धोनीलाई प्रश्न तेर्स्याए, ‘के तपाईं फेरि यहाँ आएर खेल्नुहुन्छ ?’ धोनीले मुस्कुराउँदै जवाफ दिए, ‘मलाई थाहा छैन । मसँग यो निर्णय लिन आठ–नौ महिना छ । डिसेम्बरमा एउटा अक्सन हुन्छ । त्यसबारे अहिलेदेखि नै टाउको किन दुखाउने ? तर, एउटा कुरा स्पष्ट गर्न चाहन्छु, चाहे म खेलाडीको रूपमा रहूँ या अन्य कुनै रूपमा रहूँ, त्यो मलाई थाहा छैन तर जे भए पनि म चेन्नईसँग रहन्छु ।’
‘म ३१ जनवरीदेखि घरभन्दा बाहिर छु । २–३ मार्चदेखि अभ्यास गरिरहेको छ । अहिले मसँग धेरै समय छ यो निर्णय लिनका लागि ।’
यसअघि यो सिजनको ४५ औँ खेलमा ड्यानी मोरिसनले पनि धोनीलाई सन्यासबारे प्रश्न गरेका थिए । मोरिसनले सोधेका थिए, ‘अन्तिम सिजनमा तपाईंलाई हरेक मैदानमा समर्थन प्राप्त भइरहेको छ । तपाईं कस्तो लागि रहेको छ ?’
त्यसको जवाफमा धोनीले भनेका थिए, ‘भनेपछि तपाईंले मेरो अन्तिम सिजन भनेर तय गर्नुभयो ?’ त्यसपछि मोरिसनले ‘भनेपछि तपाईं अर्को सिजन पनि आउनुहुन्छ ?’ भन्दै स्टेडियतर्फ फर्केर दर्शकलाई ‘धोनी अर्को वर्ष पनि आउनुहुन्छ’ भनेका थिए । धोनी भने मुस्कुराउँदै त्यहाँबाट बिदा भएका थिए ।
धोनीका लागि यो प्रश्न नयाँ भने होइन । सन् २०२० देखि नै धोनीले यो प्रश्नको सामना गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण