हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते
बुधबार, १० जेठ २०८०, ११ : ४७
कञ्चनपुर । कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएका छन् ।
“बजार क्षेत्रमा काम गरिरहेको लामा निर्माण सेवाका मजदुर घाइते भएका हुन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भने, “गम्भीर घाइते गणेशलाई उपचारका लागि कैलालीको धनगढी लगिएको छ ।”
गए रातिको हावाहुरीबाट कञ्चनपुरका अधिकांश ठाउँमा कच्ची टहरा र स्कुलका छाना भत्काएको छ । “मानवीय क्षति भएको छैन, संरचना भत्काएको विवरण सङ्कलन भइरहेको छ”, प्रवक्ता डाँगीले भने, “कतिपय स्थानमा बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण