मेलम्चीको पानी स्थायीरुपमा ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने
काठमाडौँ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाबाट स्थायीरूपमा पानी राजधानी ल्याउन नसकिएको खानेपानी मन्त्रालयलगायत सरोकार भएका निकायसँग छलफल गर्ने भएको छ ।
सभाका अध्यक्षसहितको समूहले यही जेठ १ गते आयोजनाको मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथान क्षेत्रको अध्ययन गरेपछि तयार पारेको प्रारम्भिक प्रतिवेदनमा छलफल गर्न बुधबारको बैठकमा सभापति दिलकुमारी थापा रावल पार्वतीले यस्तो जानकारी दिइन् ।
आयोजनाबारे विस्तृत छलफल आवश्यक भएकाले यही महिनामा मन्त्रालयलगायत सरोकार भएका निकायलाई राखेर छलफल गरी आयोजनाबाट स्थायीरूपमा राजधानीमा पानी ल्याउन गर्नुपर्ने कामका बारेमा निर्देशन दिइने उनले बताइन् ।
बैठकमा सांसद शेखरकुमार सिंहले स्थलगत अध्ययनका क्रममा मेलम्चीको पानीमा गरिएको लगानी बालुवामा हालेको पानीजस्तो देखिएको सुनाए । राजधानी वरपरबाट पनि पानी ल्याउने स्रोत खोजी गरिनुपर्ने उनको भनाइ थियो ।
सांसद इन्दिरा गौतमले मेलम्ची नदीको मुहानको भूबनोटका विषयमा पनि विज्ञहरुसँग छलफल गर्नुपर्ने अवस्था रहेको जानकारी दिइन् । दीर्घकालीन रुपमा मेलम्चीको पानी राजधानीवासीलाई खुवाउन सकिन्छ कि सकिन्न भनी विज्ञको सुझाव लिनुपर्नेमा उनले जोड दिइन् ।
सांसद दीपा गुरुङले समितिबाट २०७६ सालमा गरिएको अनुगमनमा भन्दा २०७८ असार १ गतेको बाढीपछि यसपटक गरिएको अनुगमनमा धेरै क्षति भएको पाइएको बताइन् ।
सांसद रामचन्द्र राईले ठूला उपकरण लगाएर सफा गरे मेलम्चीको मुहानस्थल जाने पहुँचमार्ग बनाउन कठिन नहुने बताइन् । प्राथमिकतामा नपरेको र इच्छाशक्ति पनि नभएकाले आयोजनामा बाढीले बिगारेको संरचना निर्माण गर्न ढिलाइ भएको उनको भनाइ थियो ।
सांसद गोपी आछामीले पहुँचमार्गका पुल बाढीले बगाएकाले वर्षामा मुहान क्षेत्रमा बाढी पन्छाउन जान नसकिने अवस्था रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण