कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
धनगढी । कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेस निकट नेता कार्यकर्ताले कार्यालय घेराउ गरेका छन् ।नेपाली कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेको गाउँपालिकालाई कांग्रेसकै असन्तुष्ट पक्षहरुले आज नाराबाजीसहित कार्यालय घेराउ गरेका हुन् ।
बजेट कार्यक्रम विनियोजनमा अध्यक्ष राजसमझ चौधरीको मनलाग्दी भएको र गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेको भन्दै घेराउ गरिएको कुरा असन्तुष्ट पक्षबाट आएको कैलारी गाउँपालिकाको ६ नं. वडाध्यक्ष प्रेमबहादुर चौधरीले जानकारी दिए । पालिकाले वडालाई सोझै डल्लो बजेट दिनुपर्ने तथा वडाले खर्च गर्न पाउनुपर्ने माग राखेको चौधरीको भनाइ छ ।
असन्तुष्ट समूहको नेतृत्व पालिका प्रवक्ता समेत रहेका वडा नं. ७ का वडाध्यक्ष दीपेन्द्र बमले गरेको बताइएको छ । तनाब उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी समेत परिचालन गरिएको छ ।
यसैबीच नेपाली कांग्रेसका जिल्ला सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज चौधरी, नेतृ रीता चौधरी, पालिका सभापति कृष्ण चौधरीसहित पालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भागवती चौधरीसहित वडाध्यक्षहरु र असन्तुष्ट पक्षबीच छलफल चलिरहेको बताइएको छ ।
प्रदर्शनकारीले कर्मचारीलाई कार्यालय बाहिर निस्कन भनेपछि हाल पालिकाको कामकाज ठप्प भएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुरले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण