कर्णाली प्रदेशसभा संसदीय समितिका सभापतिको निर्वाचन १४ गते
बिहीबार, ११ जेठ २०८०, १५ : ४१
सुर्खेत । कर्णाली प्रदेशसभा संसदीय समितिका सभापतिको निर्वाचन जेठ १४ गते हुने भएको छ ।
बिहीबार बसेको बजेट अधिवेशनको दोस्रो बैठकमा सभामुख नन्दा गुरुङले संसदीय समितिको निर्वाचन १४ गते आइतबार गर्न निर्देशन दिएकी हुन् ।
गुरुङले आइतबार बिहान ११ बजे सम्पन्न गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी छन् । प्रदेशसभा गठन भएको तीन महिनाभित्र समिति गठन गरिसक्नुपर्ने भएपनि कर्णालीमा गठन हुन् सकिएको छ ।
यसअघि सम्बन्धित दलहरुबाट नाम पठाउने काम भएपनि सभापतिका लागि निर्वाचन हुन सकिरहेको थिए । कर्णालीमा सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, अर्थ तथा प्राकृतिक स्रोत साधन समिति र प्रदेश मामिला समिति गरी चारवटा समितिहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण