पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार भएको गोलीकाण्डमा तीन प्रहरी घाइते भएका छन् । प्रान्तको खैबर जिल्लामा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा बच्चाहरूलाई पोलियो खोप खुवाउन घर-दैलो अभियानमा खटिएका पोलियो कार्यकर्ताहरूको सुरक्षामा खटिएका प्रहरी घाइते भएका हुन् ।
आक्रमणमा पोलियो टोली सकुशल रहे पनि खोप अभियान भने अस्थायी रूपमा यस क्षेत्रमा रोकिएको छ । घाइते प्रहरीहरूको नजिकैको अस्पतालमा उपचार जारी छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
प्रदेशका १२ जिल्लामा पाँच वर्षमुनिका ३५ लाखभन्दा बढी बालबालिकालाई खोप खुवाउने उद्देश्यले सोमबारदेखि पाँच दिने पोलियो अभियान सुरु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको भर्खरैको रिपोर्ट अनुसार जनवरी २०२१ देखि पाकिस्तानमा रिपोर्ट गरिएका सबै नयाँ पोलियोका घटनाहरू खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागका रहेका छन् ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण