टौदहमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य कृतिम अभ्यास सम्पन्न
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुको आयोजनामा शुक्रबार कीर्तिपुर नगरपालिका ६ स्थित टौदहमा विपद् प्रतिकार्य कृतिम अभ्यास सम्पन्न गरिएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्यमा सम्पन्न अभ्यासमा मनसुनको सुरुवातसंगै घट्नसक्ने बाढी, पहिरो, डुबान एवं विपद्का घटनाहरुमा चुस्तदुरुस्त रुपमा परिचालन हुनको निमित्त पूर्वतयारी स्वरुप विपद् प्रतिकार्य कृतिम अभ्यास संचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
कार्यक्रममा अतिरिक्त महानिरीक्षक गौतमले कुनै पनि विपद्को अवस्थामा उद्धारकर्ताले सामना गर्नुपर्ने परिदृष्यको वास्तविकताको झल्को दिने कृतिम अभ्यासले विपद् प्रतिकार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
किर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले सशस्त्र प्रहरी बल, नेपालले प्रर्दशन गरेको पूर्वतयारीको कृतिम अभ्यासले विपद् प्रतिकार्यमा परिचालन हुँदा विपद्बाट हुने क्षतिलाई न्यूनिकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण