सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आशिष विद्यार्थीले गरे दोस्रो विवाह, को हुन् जेठी श्रीमती ? के दिइन् प्रतिक्रिया

शुक्रबार, १२ जेठ २०८०, १६ : ४८
शुक्रबार, १२ जेठ २०८०

बलिउडका थुप्रै फिल्ममा खलनायकको भूमिका निभाउने उत्कृष्ट कलाकार आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन् । उनले ६० वर्षको उमेरमा असमकी रुपाली बरुआसँग विवाह गरेका हुन् । उनले पहिलो विवाह राजोशी विद्यार्थीसँग गरेका थिए । राजोशी व्यावसायिक रूपमा नर्तक र गायिका हुन् । यी दुई विवाह गरेको २३ वर्षपछि अलग्गिएका हुन् । 

आशिष एक माझिएका अभिनेता हुन् र उनले हिन्दी फिल्मका साथै तेलुगू, तमिल, कन्नड, मलयालम र बङ्गाली फिल्ममा काम गरेका हुन् । आफ्नो दमदार अभिनयका लागि पहिचान भएका अभिनेता आशिषले ६० वर्षको उमेरमा विवाह गरेर धेरैलाई चकित पारेका छन् । यो उमेरमा विवाह गरेका कारण उनी चर्चामा छाएका छन् । आशिषले रुपालीसँग बिहीबार कानुनी विवाह गरेका हुन् । आफ्नो यो विवाहको मौकामा आशिष भन्छन्, ‘जीवनको यो चरणमा रुपालीसँग विवाह गर्नु एक भिन्न खालको अनुभव हो ।’ 

यी हुन् बलिउडका खलनायकका जेठी श्रीमती

निकै कमलाई थाहा छ कि आशिषले पहिलो विवाह अभिनेत्री राजोशी बालोवासँग गरेका थिए । राजोशी एक चर्चित अभिनेत्री, गायिका र थिएटर कलाकार पनि हुन् । उनीहरूका एक छोरा छन् । उनको नाम अर्थ विद्यार्थी हो । आशिषकी श्रीमती राजोशीलाई चकाचौँधबाट टाढा बस्न मन पर्छ तर उनी सुन्दर छिन् । सादा जीवनयापन मन पर्छ । 

अभिनेताकी जेठी श्रीमती राजोशी चर्चित अभिनेत्री शकुन्तला बरवाकी छोरी हुन् । राजोशी शकुन्तलाकी एक्ली छोरी हुन् । शकुन्तलाले हिन्दीबाहेक बङ्गाली सिनेमामा पनि अत्यधिक चर्चा कमाएकी छिन् । उनले थुप्रै हिन्दी फिल्ममा काम गरेकी छिन् र ती मध्ये एउटा फिल्म हो ‘द बडी’ जुन सन् २०१९ मा रिलिज भएको थियो । यस्तै, उनी ‘सुहानी सी एक लडकी’ र ‘इमली’ जस्ता केही हिन्दी टिभी सो पनि देखिइसकेकी छिन् । उनले सन् २०१५ मा आफ्नो एक टिभी सिरियलका लागि स्टार परिवार अवार्डमा पुरस्कार पनि जितेकी थिइन् । 

राजोशीले केही समय अघि मात्रै आशिषको विवाहबारे प्रतिक्रिया दिएकी छिन् । आशिषको विवाहमा आफू निकै खुसी भएको उनले बताएकी छिन् । 

उनले भनेकी छिन्, ‘मानिसहरूले हाम्रो बारे जे जति टिप्पणी गरिरहेका छन्, त्यो देखेर म त पागल हुन्छु जस्तै लागिरहेको छ । यो त राम्रो भएन नि । आशिषले मलाई कहिल्यै धोका दिएनन् । उनले दोस्रो विवाह गर्न चाहेका रहेछन् भनेर मानिसले सोचिरहेका होलान् । तर यो पूर्णतया गलत हो । ’

तपाईंको विवाह बारे के सोच छ भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘मलाई विवाह गर्नु पर्दैन । मलाई इच्छा भएको भए, गरिसक्थेँ । यो मेरो आवश्यकतामा पर्दैन । उनलाई पार्टनर चाहिएको थियो । मानिसलाई उनको आवश्यकताका कारण झुन्ड्याउन त सकिँदैन नि । उनले कोही भेटे, त्यो त राम्रो कुरा भयो नि ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप